यी ५ स्वास्थ्य समस्यालाई पुरुषले कहिल्यै वेवास्ता गर्नुहुन्न, हुन सक्छन् खतरनाक


 

काठमाडौं, १९ साउन । कतियय अवस्थामा जब हामी ओछ्यानबाट उठ्छौं त्यतिखेर हाम्रो शरीरको तापक्रम अचानक बढ्ने वा शरीरको कुनै भागमा सामान्य भन्दा धेरै नै दुखाई हुने गर्छ ।

हामी यस्तो समस्यालाई सामान्य भन्दै ध्यान नदिने गर्छौं । तर, यस्ता समस्याहरु लगातार लामो समयसम्म भईराख्यो भने हाम्रो स्वास्थ्यमा गम्भीर प्रकारको समस्या हुन सक्छ ।

आधुनिक जीवनशैलीले हामीलाई अनेक प्रकारका सुविधाहरुको साथसाथै विभिन्न प्रकारका रोगहरु पनि उपहार दिएको छ । त्यसकारण विभिन्न नाम गरेका स्वास्थ्य समस्याहरुले हामीलाई दैनिक रुपमा सताउने गर्दछ ।

यस्ता समस्याहरु केही अस्थायी हुन्छन् भने केही लामो समयसम्म प्रभाव पारिरहने प्रकृतिका हुन्छन् । हामी विशेष गरी अस्थायी समस्याहरुलाई सामान्य प्रकारको समस्या भन्दै धेरै ध्यान दिँदैनौं ।

हामी सोच्छौं यस्तो समस्या त अघिल्लो महिना पनि भएको थियो केही दिनमा आँफै ठिक हुन्छ । तर, कतिपय अवस्थामा हामीले साना कुराहरुलाई नजरअन्दाज गर्दा हामीमा गम्भीर प्रकारको समस्या पनि हुने गर्छ । त्यसकारण सानो वा ठुलो जस्तोसुकै स्वास्थ्य समस्याहरु भए पनि जतिसक्दो छिटो स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ ।

यस्ता प्रकारका समस्याहरु शारीरिक थकानको कारण पनि हुनसक्छ ।

यी ५ समस्यालाई कहिल्यै बेवास्ता गर्नुहुन्न

१. अचानक टाउको दुख्नु

अफिसमा काम गर्दै गर्दा, विहानको समयमा वा जुनसुकै समयमा अचानक टाउको दुख्ने गर्छ भने यस्तो समस्यालाई सामान्य समस्या मान्नु हुँदैन् ।

यस्तो समस्यामा हाम्रो शरीरको कुनै एक भाग अचानक दुख्ने र केही मिनेटमा यस्तो समस्या ठिक हुने गर्छ । ठिक भएपछि हामी यस समस्यालाई ध्यान दिँदैनौं ।

तर, ठिक भएपनि यस्तो समस्याको बारेमा डाक्टरसंग परामर्श गर्नुपर्छ । यो समस्या माईग्रेसन वा आँखामा कुनै प्रकारको समस्याको लक्षण पनि हुन सक्छ ।

२. छाती दुख्नु

कतिपय अवस्थामा मानिसहरु छाती दुखाईको समस्यालाई ठुलो समस्याको रुपमा लिँदैनन् र नजरअन्दाज गर्छन् । तर, यस्ता समस्याको कारण छातीमा दबाब हुने, श्वासप्रश्वासमा समस्याको साथै हर्टअट्याकको कारण समेत हुने गर्छ । यस्तो समस्याको कारण मुटुमा पर्याप्त मात्रामा रक्तसञ्चार समेत नहुने समस्या हुने गर्छ ।

३. अचानक तौल घट्नु

शरीरको तौल अचानक घट्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन । यदिले तपाईं शरीरको तौल घटाउने कुनै कोशिश गर्नुभएको छैन् तर, तपाईंको शरीरको तौल अचानक ५ प्रतिशत भन्दा धेरै घट्छ भने यस्तो अवस्थामा क्यान्सर लाग्न सक्ने सम्भावना धेरै मात्रामा हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सल्लाहअनुसार काम गर्नु आवश्यक हुन्छ ।

४. तिव्र रुपमा वा लामो समयसम्म ज्वरो आउनु

जो कोही मानिसलाई लामो समयसम्म १०३ डिग्री भन्दा धेरै ज्वरो आइरहन्छ भने यो गम्भीर प्रकारको समस्या हुने गर्छ । यस्तो अवस्थामा मानिसहरुलाई मुत्राशय सम्बन्धी समस्याहरु, निमोनिया साथै मस्तिष्कको समस्या भएको पनि हुन सक्छ ।

लगातार लामो समयसम्म ज्वरो आइरहनु कुनै ठुलो स्वास्थ्य समस्याको लक्षण हुनसक्छ । त्यसकारण यस्तो भएमा तत्कालै स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

५. श्वास फुल्नु

श्वास फुल्नु वा अचानक छोटो सास आउनु फोक्सो सम्बन्धी समस्याको कारण पनि हुनसक्छ । सिँढी चढ्दा श्वासप्रश्वासमा समस्या हुनु, छिटो थकाई लाग्नु जस्ता सामान्यलाई समस्या मान्नु हुँदैन् ।

यो मुटुको धड्कन अनियमित हुनुको लक्षण पनि हुन सक्छ । यो समस्याको कारण हर्ट अट्याक वा अन्य मुटुसम्बन्धि समस्याको खतरा बढ्ने गर्छ त्यसैले बेलैमा चिकित्सकसँग जाँच गराइहाल्नुपर्छ । (एजेन्सी)

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु