आफ्ना फ्यानहरु माझ खुशीको खबर लिएर आउदै सुन्दरी नायिका शिल्पा


 

एजेन्सी– करिब करिब १३ वर्षपछि बलिउड चर्चित नायिका शिल्पा शेट्टी फिल्ममा अभिनय गर्ने भएकी छिन् । उनि फिल्म ‘निकम्मा’ अभिनेता अभिमन्यू दसानी र अभिनेत्री शर्ली सेतियाका साथ पर्दामा एकै साथ देखिने भएकी हुन् । ४४ वर्षीया शिल्पाले यसअघि पनि फिल्म ‘अपने’ मा अहम् भूमिका निर्वाह गरेकी थिइन् ।

लामो समय फिल्ममा नदेखिएकी शिल्पा अब फेरी पनि फिल्ममा अभिनय गर्ने भएकी छिन् । बेलाबेलामा उनि ट्रोलको सिकार हुने गर्दछिन् । सुपर डान्सर च्याप्टर –३’ की प्रतिष्पर्धीको गोडा चुमिरहेको तस्विरका कारण पनि ट्रोलको सिकार भएकी थिइन् । उनि कहिले प्रेमका कारण चर्चामा रहन्छिनत कहिले आफुले लगाएको लुक्सका कारण चर्चामा हुन्छिन् ।

रियालीटी शोकी जर्जकी शिल्पाले शोको क्रममा ६ वर्षीय प्रतिष्पर्धी रुप्साको गोडा चुमेका तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए । भारतिय मिडियाका अनुसार यस फिल्मलाई सब्बिर खानले निर्देशन गर्ने बताइएको छ ।

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु