प्रधानमन्त्री को सिंगापुर गएको प्लेन भाडा मात्र सरकारले बेहोर्ने अरु खर्च आफै व्यहोर्नु पर्ने


 

काठमान्डू, प्रधानमन्त्री ओली सिंगापुर गएको खर्च मात्र सरकारले बेहोर्ने र उपचारमा लागेको खर्च सरकारले नबेहोर्ने सरकारका प्रबक्ता गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् ।

“प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ,” बाँस्कोटाले पत्रकार सम्मेलनमा भने, “सरकारी कर्मचारीको खर्च, आउने जाने, बसोबास खर्च भने सरकारले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले बेहोर्दैन ।” आजको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो

पूर्वयुवराज्ञी हिमानी शाहद्वारा ३ करोड नेपालीको लागि यस्तो घोषणा गरिन

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको पनि स्पष्ट पारिन् ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको पनि स्पष्ट पारे ।

पूर्वयुवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढी, पीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रहित पुस्तक विक्री वितरणमा राखिएको पनि जानकारी दिए । हिमानी ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको छ ।

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु