
इलामका चुलाचुलीका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेको खबर केही महिनाअघि सामाजिक सञ्जाल र युट्युवमा भाइरल भएको थियो ।
पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।
पहिला उहाँले नै विवाहको प्रस्ताव गर्नुभयो २१ वर्षकी पुजाले भनिन्, भर्खरका ठिटोहरुले त छोडीहाल्छन् तर बृद्धले त छोड्दैनन नी विवाह पक्का हुन्छ त्यही भएर विवाह गरें ।
पुजाले यसो भन्दा उनका श्रीमान भने हाँसीरहेका थिए । उनले सोल्टिीनी भनेर जिस्क्याउने गर्थे । उनलाई विवाह नै गर्छु भन्ने लागेको थिएन । किनभने उनलाई पुजाले मान्छिन् भन्ने लागेको थिएन । तर पनि विवाह गर्ने प्रस्ताव राख्दा पुजाले मानिहालिन् ।त्यसपछि उनले आफ्नो घरमा भित्र्याए । उनको एउटा हात अलि कमजोर छ तर घरको काम सबै पुजाले नै गर्छिन ।
कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन, निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन । सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विवाह गरिसकेका छन । पुजा त पाँचौ श्रीमती हुन् ।
उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृत्यु भैसकेको सिंह प्रसाद बताउँछन ।
यो बिवाह प्रेम बिवाह भएका कारण कसैले यसमा असहमति जनाउने पनि कुरा भएन। युट्युबरहरुले यो जोडीलाई युट्युबमार्फत् सार्वजनिक गरेपछि यो समाजबाट यत्तिकै अनुमोदन भएको देखिएको छ।
युट्युबमा हास्य श्रृंखलाहरु, हिन्दी फिल्म तथा ट्रेलर बढी ट्रेन्डिङमा पर्ने गरेको पाइन्छ। त्यसबाहेक यस्ता विषयहरुले सबैभन्दा बढी छाप पार्ने गरेका छन्।
सामान्य युट्युब च्यानलहरुमा अपलोड गरिएका र प्रस्तुति एवम् गुणस्तरमा पनि उतिधेरै ध्यान नदिइएका भिडियोसमेत यस्ता विषयका कारण भाइरल र ट्रेन्डिङ कन्टेन्ट बन्ने गरेका छन्।
विवाहपश्चात् यो जोडीले आफूहरु प्रेममा परेको र अहिले निकै खुसी रहेको बताउने गरेका छन्। २१ वर्षीय पुजाको बायाँ हातको हत्केला छैन।
हेरौ भिडीयो:
प्रतिकृया दिनुहोस्