आफ्नो ‘ब्रेकअप’ बारे खुलेर बोलिन् परिणीति चोपडा


 

मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा कुनै समय आफ्नो प्रेममा ब्रेकअप भएका कारण पूर्ण रुपमा टुटेकी थिइन् । एउटा यस्तो समय पनि थियो, जतिबेला उनी निकै दुःखी र पीडामा थिइन् ।

परिणीतिले लेडिज भर्सेस रिकी बहल फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका थिए । यसपछि उनी शुद्ध देशी रोमान्स मा पनि काम गरिन् । यसको निर्देशन पनि मनीषले नै गरेका थिए ।


दुवै अफेअरमा रहेको खबर पनि बाहिर आए । पछि यी दुईको ब्रेकअप भएको पनि भनियो । परिणीतिले एक्स ब्वायफ्रेन्ड नाम नलिई आफू कुनै समय निकै पीडामा परेको बताइन् । उनले भनिन्, ब्रेकअपपछि उनी पूर्ण रुपमा टुटेकी थिइन् । पछि समयसँगै यो पीडा बिस्तारै ठीक भयो ।परिणीतिले भनिन्, ‘दिल टुटेको थियो, म लामो समय पीडामा थिएँ । त्यो बेला निकै कष्टकर समय थियो । निकै तनावमा थिएँ म ।’

उनले आफूले जिन्दगीमा यति धेरै अस्वीकारको सामना गर्नु नपरेका कारण लामो समय तनावमा रहनु परेको बताइन् । उनले भनिन्, ‘त्यो समय मलाई सबैभन्दा धेरै परिवारको साथको आवश्यकता थियो, जुन मैले पाएँ ।’

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु