गोविन्दालाई लागेको छ मा न सि क रोग, पा ग ल प न मै दिएका थिए अवतारको गफ


 

काठमाडौं। ९० को दशकका नम्बर वन हिरो गोविन्दाले केही समयअघि एक अन्तरवार्तामा आफूलाई हलिउडको ब्लकबस्टर फिल्म अवतारको अफर आएको दावी गरेका थिए । गोविन्दाले आफूलाई अफर आए पनि अवतारमा काम गर्न अवीकार गरेको बताएका थिए । यसका साथै गोविन्दाले संजय लीला भंसालीको देवदामा पनि आफूलाई चुन्नी लालको रोलको अफर आएको थियो ।

गोविन्दाले यी कुरा भनेपछि सामाजिक संजालमा उनको खिल्ली उडाइएको थियो । तर, अहिले गाविन्दाको बारेमा नयाँ खुलासा भएको छ जसले उनका फ्यानलाई झट्का दिन सक्छ । डेक्कन क्रोनिकललाई दिएको एक अन्तरवार्तामा गोविन्दाका एक नजिकका साथीले गोविन्दालाई मानसिक रोग भएको खुलासा गरेका छन् । उनले गोविन्दाले गरेका दावीहरु पनि पागलपनमै गरेको दावी गरे ।

उनले भने ‘गोविन्दा लामो समयदेखि अनौठो व्यवहार गरिरहेका छन् । ठूलो अफर अस्वीकार गरेको दावी गर्नु गोविन्दाको बानीजस्तै भइसकेको छ । यो न का रा त्म क कुराले उनलाई बक्स अफिससम्म पच्छ्याइरहेको छ ।’ गोविन्दाका कैयौं साथीहरुले उनलाई मा न सि क रोग भएको मानेका छन् र उनलाई सहयोगको ठूलो आवश्यकता भएको ठान्छन् । ती साथीले अगाडि भने ‘कैयौं वितरक र प्रदर्शकले गोविन्दाको पछिल्लो फिल्म रंगीला राजा लिन मानेनन् किनकि गोविन्दाले उनीहरुसँग झगडा गरे र गाली गरे ।’

साथीका अनुसार गोविन्दाले सबै साथीहरुसँगको सम्बन्ध बिगारेका छन् । आज फिल्म उद्योगमा गोविन्दाको कोही साथी छैन र कोही उनलाई सहयोग गर्न पनि तयार छैन । गोविन्दाले केही दिनअघि टिभी शो आपकी अदालतमा निर्देशक जेम्स क्यामरुनलाई फिल्मको नाम अवतार राख्न आफूले सुझाव दिएको दावी गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो ।

प्रकाशित भएको : August 5th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु