यस्ता ५ प्रकारका व्यक्तिलाई भुलेर पनि साथी नबनाउनुहोस् । पाइएला दुख…(पुरा पढ्नुहोस्)


 

एजेन्सी – मानिस भनेको एक सामाजिक प्राणी हो । ९ महिना आमाको पेटमा रही गर्भ बाट धर्तीमा पाइला टेके सँगै उ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा, छोरी, नाति नातिनी, भाइ बहिनी, आदि । त्यो व्यक्ति जब ठुलो हुँदै जान्छ, अनि रगत सँग कुनै साइनो नजोडिएकाहरू पनि उसको जिन्दगीमा जोडिन् आउँछ एक साथी बनेर। साथीको सम्बन्धलाई एकदम पवित्र र मनको नाताको रूपमा बुझ्ने चलन छ । केही साथी यती फलदायी हुन्छन् जुन साथीको सङ्गत र उसले देखाएको बाटोका कारण निकै व्यक्ति सफल भएका छन् ।

उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन् । त्यसैले जहिले पनि असल व्यक्तिको मात्रै संगत गर्नुपर्छ । यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौँ, जस सँगको संगत तपाइँलाई कहिल्यै फलदायी हुँदैन ।

१. सधैँ आफ्नै कुरा लाद्नेः साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यबहार गरोस् । हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

२. कुरा कुरामा अपमानित गर्नेः साथी साथीमा हाँसी मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन ।

३. अफ्ठ्यारोमा साथ नदिनेः हामी सबैको साथमा आ आफ्नो जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस् ।

४. स्वार्थीः केही यस्ता हुन्छन्, जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन् । काम नपर्दा वास्तासमेत नगर्नेहरु आफ्नो काम परेपछि चेपारे घस्दै जोडिन आउँछन् । होसियार १ यस्ता साथीहरु पनि तपाइँको साथको लायक छैनन् ।

५. डाह गर्नेः साथी त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो कसैको संगत लायक हुँदैन । यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसलै यिनीहरुको संगत आजैबाट छाडिदिनुस् ।
अनि कतै तपाइँमा पनि यस्तो कुनै गलत स्वभाव त छैन रु यदि त्यस्तो हो भने, तपाइँ स्वयमलाई पनि यो फाइदाजनक नहुनसक्छ । समयमै सोच्नुहोला ।

शास्त्रका अनुसार यी राशि भएका युवतीलाई श्रीमती/बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग समान
काठमाडौँ। ज्योतिष विज्ञानमा हामी जो कोही धेरै विश्वास विश्वास गर्छौ । हुन पनि हो, ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन् । यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ । ज्योतिष शास्त्रका अनुसार यी तल दिएका राशि हुने युवतीहरू धेरै राम्रा र सफल बुहारी बन्न सक्छन् ।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

पत्याउनुहुन्छ? यि राशि भएका युवतिले सधै प्रेममा धोका दिन्छन् । जानिराख्नुहोस्
ज्योतिष शास्त्रका अनुसार कुनै पनी ब्यक्ती चरित्र स्वभावको बारेमा त्यस ब्यक्ती कुण्डलीको सहायताले उस्को बारेमा पत्ता लगाउन सकिन्छ । त्यसै त हाम्रो देश नेपालमा पनी हिन्दु धर्मका अनुसार विवाह अगि नै केटा र केटीको कुण्डली अनुसार उनिहरूकोख भाग्य कुण्डली मिलाउने गरिन्छ । बैवाहिक जिवनमा बाधिन लागेका केटा र केटी कुण्डली बाट यो पत्ता लगाउन सकिन्छ कि भविष्यमा उनिहरूको वैवाहिक जिवन कस्तो हुनेछ भनेर । तर के तपाईलाई थाहा छ कि ज्योतिष शास्त्रका अनुसार, केही राशिहरूको महिलाहरू यस्ता हुन्छन्, जो सधैँ प्रेममा धोका दिने गर्दछन् । यसकारण यहाँ केही यस्ता राशिको बारेमा चर्चा गरिएको छ, जुन राशिको महिलाहरूले प्रेममा बढी धोका दिने गर्दछन् ।

मिथुन राशि: मिथुन राशिको मानिसहरूको बारेमा बढीजसो सबै राशिको एक मात्र राय हुन्छ कि यस राशिको महिलाहरू प्रेममा निकै चाँडो पर्दछन् । यस राशिको बारेमा भनिएको छ कि यदि कसैले यिनीहरूसँग केवल एक-पटक मात्र हाँसेर कुरा गरेमा यी राशिका महिलाहरू उनीहरूको प्रेममा पागल हुने गर्छन् । जसको अर्थ यो हुन्छ कि यिनीहरू एक तर्फी प्रेममा निकै चाँडो पर्छन । यसैकारणले यस राशिको अधिकांश मानिस प्रेममा आफ्नो प्रेमीप्रति विश्वासिला सावित हुँदैनन् ।

कर्कट राशि हुनत: धेरै पटक देखिएको छ कि कर्कट राशिको मानिसहरू आफ्नो प्रेमीप्रति पुर्ण विश्वासिला हुन्छन् तर यदि यिनीहरूलाई कोही अरू मन परेमा कुनै पनि किसिमले मौका हातबाट फुत्किन दिँदैनन् र यसै कारणले यिनीहरू आफ्नो प्रेमीलाई चाँडो धोका दिन सक्छन ।

कन्या राशि: कन्या राशिको बारेमा ज्योतिषको भनाई छ कि कन्या राशिको महिलाहरू आफ्नो प्रेमीसँग कुनै पनि कुरा लुकाएर राख्दैनन् र यसकारण यिनीहरू आफ्नो प्रेमीबाट यहि अपेक्षा राख्दछन् ।यस राशिका मानिसहरू खुला विचारका हुन्छन् । यसकारण यस राशिको मानिसको गलत फाइदा पनि उठाउने गर्दछन् ।

कुम्भ राशि: कुम्भ राशिको मानिसको बारेमा भनिएको छ कि यी मानिसहरू अरू भन्दा बढी आकर्षक देखिनका लागि निकै मेहेनत गर्दछन् । यदि यी मानिसलाई कसैले वेवास्ता गरेमा यिनीहरू चाँडो रिसाउने गर्दछन् । आफूलाई अरू भन्दा बढी राम्रो देखाउनका लागि यिनीहरू कुनै पनि हद सम्म जान सक्छ । यसकारण प्रायजसो यहि कारणले यिनीहरू आफ्नो प्रेमीलाई धोका पनि दिने गर्दछन् ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु