
काठमाडौं । आज देशका विभिन्न क्षेत्रमा नाग पञ्चमी मनाइएको छ । यो बीचमा सर्पको डसाइबाट कपिलवस्तुमा दुई जनाको ज्या न गएको छ । ज्या न गुमाउनेमा बाणगंगा नगरपालिका वडा नं. ६ भगलापुरका अन्दाजी ४५ वर्षीय तेजप्रसाद खनाल र वडा नं. ३ निवासी ५० वर्षीया शुभमाया थापा रहेका छन् ।
उनीहरुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै नि ध न भएको पारिवारिक श्रोतले जनाएको छ ।
खनाललाई आइतबार साँझ घरबाट लक्ष्मणघाट बोलबम जाने क्रममा गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्रका नवीन भण्डारीले समयमा खनाललाई समयमै अस्पताल लैजान नसक्दा ज्या न गएको बताए । थापालाई आज विहान सर्पले ड से को थियो । उनको उपचारको क्रममा मृ८त्यु भएको हो ।
के नाग पूजा गर्नाले सर्प भए हुदैनत ?
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ। यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ। यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न भन्य छ।
यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन भदौ तिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्।
मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन। यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य कुरा १००% सत्य मानिन्छ।
प्रतिकृया दिनुहोस्