आयो तेरिया मगरको बबाल टिकटक भिडियो (नहेरे पछुतो)


 

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।

तेरिया नेपालमा नेसनल डान्स कसम्पटिसनमा प्रथम भएकी थिइन् । नेपाल टेलिभिजनको डान्स सो ‘खोजी प्रतिभाको’ मा टपटेन भएकी थिइन् । गायनमा पनि तेरियाको राम्रो स्वर छ । फुर्सद भयो कि नाच्न थाल्ने तेरियाले ७ वर्षको उमेरदेखि नृत्य अभ्यास सिकेकी थिइन् । यसका लागि बिहान ५ बजे उठेर घरदेखि ४५ किलोमिटर टाढा बुटवलको बागेश्वरी संगीतालयमा दिनहुँ नृत्य सिक्न जान्थिन् । बिहान ५ बजे निस्केकी तेरिया करिब साढे ९ बजे मात्रै घर पुग्थिन् । यसपछि स्कुल जान तयार हुन्थिन् । साँझ फर्केपछि गृहकार्य गर्थिन् । ‘मैले डान्स र पढाइ दुवैलाई यौटै प्राथमिकतामा राखेकी थिएँ,’ तेरिया भन्छिन्, ‘दुवैलाई महत्त्व दिएकाले दुवैमा फस्ट हुँदै गएँ ।’

घाम, पानी, जाडो कुनै पनि समयमा उनले नृत्य सिक्न अल्छी गरिनन् । लक्ष्यमा पुग्न र सफलता हात पार्न कडा मिहिनेत चाहिने तेरिया बताउँछिन् । ‘डीआईडी’ र ‘झलक दिखला जा’ मा प्रतिस्पर्धी बनाउन मुम्बईमा दिनको १८ घण्टासम्म नाचें,’ उनले भनिन् । मुम्बईमा ज्याज, कथ्थक, म्याजिक एक्ट, क्रमपिड, यूजी एक्टजस्ता अतिरिक्त डान्स सिक्दा पनि निकै मिहिनेत गरेको उनले बताइन् ।

तेरिया आफूजस्तै साथीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गर्छिन् । ‘कुनै पनि काममा असफल भए आत्तिने र सफल भए मात्तिने गर्नुहुँदैन,’ तेरियाले सुझाव दिइन्, ‘यसो भयो भने सफलता आफैं हात लाग्दै जान्छ ।’

उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् । उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।

भिडियो हेर्नुहोस

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु