महाकालीमा पानीको बहाव बढ्यो, पुलमा चार पाङ्ग्रे सवारीलाई रोक


 

सीमानदी महाकालीमा पानीको बहाव बढेपछि विहानैदेखि नेपाल–भारत जोडने वनवसा पुलमा चार पाङ्ग्रे सवारी साधान सञ्चालनमा रोक लगाइएको छ ।

आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकालीमा पानीको बहाव एक लाख १३ हजार क्यूसेक पुगेको छ । पुलमा एक लाख क्यूसेक पानीको बहाव पुगेपछि सवारी साधनमा रोक लाग्दै आएको छ ।

बिहानैदेखि नदीमा पानीको बहाव उच्च भएपछि पुल खुल्न नसकिएको आपतकालीन सञ्चालन केन्द्रका जनकराज पन्तले बताए । पुल नखुल्दा यात्रुका सवारी साधन पुल वारी र पारी लाम लागेर बसेका छन। पैदल यात्रु, साइकल र मोटरसाइकल सवारका लागि भने पुल खुला रहेको छ । यसैगरी केन्द्रका अनुसार महाकालीको बहाव दार्चुलाको दतुमा ४ दशमवलव ५० मिटर र डडेल्धुराको परिगाँउमा ४ दशमलव ६२ मिटर छ ।

Taja Video

महेन्द्रनगरका केही बस्ती डुबानमा, पानी घटदै

बिहान परेको मुसलधारे बर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रका केही बस्ती डुवानमा परेका छन्। पानी घर भित्र पसेको थियो। पानी पर्न छाडेपछि पानी घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उल्टाखाम, खोल्टी, जिमुवा र भुजेला क्षेत्र, जानकीटोल र सालघारीको सुकुम्बासी बस्ती नालामा भरिएको पानीको निकास नहँुदा डुबानमा परेका थिए ।

महेन्द्रनगर क्षेत्रकै एक व्यवसायीको पोल्ट्री फार्ममा पानी पस्दा केही कुखुरा मरेका प्रहरीले जनाएको छ । डुबानका कारण मानवीय तथा भौतिक क्षति भएको खबर अहिलेसम्म नपाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु