भारतिय तरकारीमा बि..षा.दी मात्र होइन अब त चामलमा पनि प्लास्टिक को चामल मि.सा.वट : नेपालमा भारतिय चामल बिक्रि रोक


 

गोरखा – गोरखामा भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल बिक्रीमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको हो । त्यस ब्राण्डको चामल प्रयोग गरेका केही उपभोक्ताले चामल प्लास्टिकको भएको गुनासो गरेपछि तत्कालका लागि बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो ।

गोरखा नगरपालिका वडा नम्बर ६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि शं*का लागेर उपभोक्ता हित संरक्षण मञ्चलाई खबर गर्नुभएको थियो । ‘बिहान खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो’, उहाँले भन्नुभयो, ‘युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापाले पनि चामलको गुणस्तरबारे शंका गर्ने आधार भेटिएको बताउनुभयो । ‘यो चामल नै हो कि होइन भनेर शंका गर्ने ठाउँ छ’, उहाँले भन्नुभयो, ‘अहिलेलाई चामलजस्तै देखिने सेतो पदार्थ भनेर बुझ्दा उपयुक्त होला ।’

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको छ । संकलित नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाइएको प्रशासनका सूचना अधिकारी गौतम भण्डारीले बताउनुभयो । ‘प्लास्टिकको चामल हो भनेर ठोकुवा गरिहाल्ने अवस्था त छैन’, उहाँले भन्नुभयो, ‘तर शं*का गर्नुपर्ने केही आधार देखिएको छ, परीक्षणपछि थप कुरा आउला ।’

भारतको रक्सौलस्थित रिपुराज एग्रो प्रालिले उत्पादन गरेको चामल गोरखामा भने चितवनको नारायणगढबाट ल्याइएको बिक्रेताहरुले बताएका छन् । प्रयोगशाला परीक्षणको रिपोर्ट नआउँदासम्म बिक्री नगर्न भनिएको प्रशासनले जनाएको छ ।

प्रतिवेदनले चामल प्लास्टिककै हो भन्ने पुष्टि भएमा आयातमा रोक लगाउनेलगायतका कारबाही हुने प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ ।

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु