माइतबाट घर जाँदै गरेकी महिलाको गहना लुट*पाटसहित घाँ*टी रेटेर मा*र्ने प्रयास


 

बझाङ । अज्ञा*त समुहले एक जना महिलाको गहना लुट*पाट गर्नुका साथै महिलालाई मा*र्ने प्रयास गरेकाे छ ।

बझाङको थलारा गाँउपालिका वडा नम्बर ५ हाट घर भएकी दिनेश खत्रीकी श्रीमती २२ वर्षीया विमला ओलीलाई अज्ञा*त समुहले लुटपाट गर्नुका साथै मा*र्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका केदारस्युँ गाँउपालिका वडा नम्बर ९ माईती घर भएकी ओली पाईली घर आउने क्रमममा थलारा गाँउपालिका वडा नम्बर ३ को शिलाकोट भन्ने स्थानमा अज्ञा*त समुहले उनको गहना र मोबाईल समेत लु*टेर लिएको जिल्ला प्रहरी कार्यालयका जनाएको छ । साथै उनको घाँ*टीमा टिनको पाताले रे*टेर मा*र्ने प्रयास गरिएको स्थानीयले जनाएका छन् ।

उनको अवस्था गम्भी*र रहेको प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेले बताए । साथमा रहेकी उनकी बहीनी १३ वर्षीया सलोचना ओलीसमेत सामान्य घा*ईते भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाण्डेको कमान्डमा प्रहरी टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको छ भने घा&*ईते दुबै जना महिलाको उपचारका लागी जिल्ला अस्पताल पठाइएकाे छ ।

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु