दक्षिण भारतीय फिल्मका महँगा अभिनेत्रीहरु, एउटा फिल्म खेलेको कति रकम ?


 

जेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरु पनि बलिउड अभिनेत्री झै चर्चामा रहन थालेका छन् । तर, बलिउड अभिनेत्रीहरुभन्दा उनीहरुको कमाइ भने काम रहेको छ ।

दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरुको प्रायको एउटा फिल्मको कमाई एक करोड बराबरको रहेको छ । बलिउडमा भने दीपिका महँगी अभिनेत्री हुन् ।

उनले एउटै फिल्म खेलेको १४ करोड लिने गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो समय दक्षिण भारतीय फिल्मको चर्चा विश्वभर रहेको छ भने यसले बलिउडलाई नै ओझेलमा पार्न खोजिरहेको अनुमान पनि लगाइन्छ ।

दक्षिण भारतीय फिल्मको सबैभन्दा महँगी अभिनेत्री हुन् अुनस्का सेट्टी । उनले एउटा फिल्म खेलेबापत चार करोडसम्म लिने गरेकी छिन् । त्यस्तै काज अग्रवालले २ करोड लिने गरेकी छिन् ।

सामन्था रुथको कमाइ पनि दुई करोड हाराकारीको हो । त्यस्तै अर्की चर्चित अभिनेत्री तमन्ना भाटिया भने एक करोडसम्म लिने गरेकी छिन् ।

Taja Video

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु