स्कुल बस खाल्डोमा खस्दा ९ बालबालिकाको ज्या*न गयो


 

एजेन्सी । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा ९ बालबालिकाको मृ*त्यु भएकाे छ । साे घटनामा अन्य १० जना घाइते भएकाे स्थानीय प्रहरी स्रोतले जनाएकाे खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो ।

एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ ।
यी ८ कारणले विवाहपछि मोटाउँछन् महिला

बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याइएको छ । उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्नु हुदै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

एजेन्सी । दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ ।

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । दैनिक भाष्करमा तोषी व्यास कुरन्नेले यसको कारण केलाएकी छिन् ।

१) हर्मोनल चेन्ज-
विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ ।

२) निन्द्रा नपुग्नु-
विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

३) तनाव-
विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

४) सोचमा परिवर्तन-
मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

५ं) दैनिकीमा परिवर्तन-
एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

६) उमेरको असर-
आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

७) आउटिंग-
विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन् ।

८) डाइटमा परिवर्तन-
विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ ।

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु