धनुषाबाट भर्खरै आयो अत्यन्तै दु*खद खबर : पुरा विवरण हेर्नुहोस र भन्नुहोस देश कता जादैछ


 

धनुषाको हँसपुर नगरपालिकाका मेयर/उपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर वि*वाद चर्किएको छ।

मंगलबार मेयर र उपमेयरको समूहबीच सो विषयलाई लिएर झ*डप भएको छ।

धनुषा प्रहरीका अनुसार मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हाना*हान हुँदै झ*डप भएको हो।

हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र झा समूहबीच ढुं*गा हा*नाहान भएको र त्यसपछि झ*डप भएको प्रहरी उपरीक्षक शेखर खनालले बताए।

झ*डप नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र टियर ग्यास प्र*हार गरेको छ। हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीच लामो समयदेखि विवाद रहँदै आएकोमा मेयर मण्डलले केही दिनअघि बेलीमा कार्यालय सारेका थिए।

सामानहरू सार्न नदिई उपमेयर झाले पुरानो कार्यालयमा ताला लगाइदिएकी थिइन्। सो ताला फोडेर सामान सार्न शान्तिसुरक्षा माग्दै मण्डलले प्रशासन गुहारेका थिए।

‘प्रशासनको सहयोग लिएर प्रहरीसाथ ताला फोड्न गएको मेयर समूहमाथि झाको समूहले ढुंगामुढा गरेको थियो,’ प्रहरी उपरीक्षक खनालले भने, ‘भीड नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले दुई राउ*न्ड टियर ग्या*स हानेको हो। प्रहरीले लाठी*चार्ज गरेको छैन।’

झडपमा परी उपप्रमुख झासहित, हँसपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्रीलगायत आधा दर्जन घाइ*ते भएका छन्।

 

 

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु