वाचा पूरा नगर्दा स्कर्ट र ब्लाउजमा मेयरले गरे नगर परिक्रमा


 

एजेन्सी– मेक्सिकोका एक मेयरले नगरवासीसँग गरेको बाचा पूरा गर्न नसक्दा अनौठो चटक देखाएका छन् । उनले आफूले आफैलाई कारबाही गर्दै महिलाको कपडा लगाएर सहरका गल्ली गल्ली घुमेका हुन् ।

मेयर जेवियर सजमेनेजले आफूले आफैलाई गरेको कारबाहीको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्।

सो भिडियोमा उनीसँगै एक अर्का व्यक्ति पनि महिलाकै लुगा लगाएर उनीसँगै हिडेका छन् । मेयरले करिब १.८ करोड रुपैयाँ सरकारी सम्पत्ति दुरुपयोग गरेको स्थानीयको आरोप छ । मेयरले चुनावमा भनेका कुनैपनि कुराहरु पुरा नगरेको समेत उनीहरुको आरोप छ ।

मेयरविरुद्ध स्थानीयले अनेकथरी आरोप लगाउन थालेपछि ती मेयरले आफूलाई कारवाही गर्दै यस्तो कदम उठाएको जनाइएको छ ।

Taja Video

प्रकाशित भएको : August 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु