
2 years ago
काठमाडौँ / काठमाडौँको माइतीघर नजिकै बुधबार बिहानै बम भेटिएको छ । मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माइती घर नजिकै शंकास्पद बस्तु फेला परेपछि सो रुट भएर चल्ने यातायात प्रभावित भएको छ ।
Taja Video
प्रकाशित भएको : August 7th, 2019
प्रतिकृया दिनुहोस्