नयाँ ठाउँमा कार्यालय सार्न खोज्दा मेयर र उपमेयर पक्षबीच झडप, २ जना घाइते


 

जनकपुरधाम। कार्यालय सार्ने विषयमा धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच झडप भएको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो।


वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको साविककाे कार्यालय वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको हो । साविकको कार्यालय नै यथावत रहनुपर्ने पक्षमा उपमेयर झा हुनुहुन्छ भने बेल्हीमा भर्खरै लिएको भाडाको घरमा कार्यालय सार्ने पक्षमा मेयर मण्डल लाग्नु भएकाे छ ।

मेयरले प्रहरी लिएर कार्यालयको समान लिन आएपछि उपमेयर झा पक्षले अवरोध गर्दा झडप भएको थियो । झडपलाई तत्कालै प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको छ । घटनामा उपमेयर झालगायत ६ जना घाइते भएको जनाइएको छ । तर प्रहरीले मात्र २ जना समान्य घाइते भएको पुष्टि गरेको छ ।

Taja Video

प्रकाशित भएको : August 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु