बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै घरमा भीषण आगलागी


 

साउन २२, २०७६ काठमाडौं : राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ।

चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो। इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो।

आगलागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन्। आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ ।

आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो ।

आगलागि नियन्त्रणमा लिनको लागि स्थानियवासी नेपाली सेना प्रहरी जनपथ लगायत सबै जना घटिएको तलको भिडियोबाट देख्न सकिन्छ ।

 

आगलागीको भिडियो बालुवाटारबाट लाइभ

दिउँसो सवा १ बजेसम्म ५० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित भएको : August 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु