त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पक्राउ


 

काठमाडौं : त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पराजुलीलाई पक्राउ गरेको हो। श्रम स्विकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको पाइएको छ।

अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको आरोपमा उनी पक्राउ परेका हुन्।

अध्यागमन अधिकृत पराजुलीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

हेर्नुहोस अख्तियार अनुसन्धान दुरुपयोग आयोगले जारी गरेको विज्ञप्ती

Taja Video

प्रकाशित भएको : August 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु