
1 year ago
काठमाडौं । अब मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । यस्तो कर्जामा सेवा शुल्कसमेत पुरै छुट हुनेछ ।
नेपाल राष्ट्र बैंकले व्यावसायिक कृषि, पशुपालन, साना तथा मझौला व्यवसाय गर्नेलाई र भूकम्प प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्ने ऋणीलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था गरेको हो ।
यसैगरी, कृषि, उद्यम र व्यवसाय गर्नेका लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटर बाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।
Taja Video
तपाइहरुको १ शेयरले हामीलाई अगाडी बढ्न मद्दत पुग्दछ । त्यसैले कन्जुसाइ नगरीकन शेयर गरिदिनुहोला ।
प्रकाशित भएको : August 7th, 2019
प्रतिकृया दिनुहोस्