‘निष्ठुरी भगवानले महिना दिन पनि देख्न सकेन खुसी’ नयाँ घर बनाउन विदेश गए तर न घर देख्न पाए न परिवार !


 

बाजुरा– गौमुल गाउँपालिका–६ टुनिका जंगे चदाराको सपरिवार नयाँ घरमा सरेको महिना दिन पुगेको थिएन्। उनीसँगै अरु चार परिवार पनि असारको दोस्रो साता मात्र नयाँ घरमा सरेका हुन्। चारै परिवारले पहिरोको जोखिम हुदैन् भन्ने भरोसाका साथ पहाड खनेर घर बनाएका थिए। सोचेका पनि थिएनन्, पहिरोले महिना दिन नपुग्दै खुसी खोसिएला भन्नेमा। तर ९१ वर्षका जंगेले कल्पना नगरेको पीडा भोग्नु पर्यो। पुरानो घर भएको स्थानमा आगँनमै पहिरो बग्न थालेपछि जंगेसहित अरु सुके, प्रेम र डबले चदाराले नयाँ स्थानमा घर बनाएका हुन्।

कमाई खाने थोरै पाखो जमिनबाहेक सुरक्षित स्थान नाममा छैन्। भिरालो जमिन, पहाडको फेदी र कमजोर भूगोल देखेरै भएपनि उनलाई घर बनाउनु बाध्यता थियो। त्यही बाध्यताले घर बनाए तर पीडा भगाउन सकेनन्। अन्तः पहिरोले च्यापिएर जंगे चदारा आफू घाईते मात्र भएनन्, बुहारी र नातिनीलाई सदाका लागि गुमाए।

प्रत्येक वर्षादमा पाल टाँगेर बस्नु पर्ने, त्रासपूर्ण जीवन बिताउनु पर्ने दुःख भोग्नु परेकै कारण अन्य स्थानभन्दा सुरक्षित देखेर घर बनाएको सुके चरादाले बताए। सुरक्षित हुने आशमा निर्माण गरिएको त्यही घर आखिर असुरक्षित मात्र बनेन् काल बन्न पुग्यो।साउन १७ गते राती साढे १२ बजेतिर घर माथिबाट पहिरो खस्यो। खाना खाएर ढुक्का साथ सुतेका ३० वर्षका आमा छोरी ३० वर्षकी निरुता चदारा र वर्ष ६ कि किस्मिता चदाराको एकै चि*हान भयो। ९१ वर्षका जंगे चदारा गम्भीर घाइते भए। हाल जिल्ला अस्पतालमा उपचार गराइरहेका छन्।

पहिरोमा च्यापिएर सँगै घर भएका सुके चदारा, जडेनी चदारा, अस्मीता चदारा र विकास चदारा घाइते भए। निर्माण गरिएका चार घर मध्ये पहिरोले दुई घर लग्यो भने दुई घर उच्च जोखिममा छन्। पुरानो जोखिमकै कारण भत्काएर नयाँ लगाएका ती परिवारलाई आफन्त गुमाउँदाको पीडा मात्र छैन्, बाँचेकाहरुले ज्यान बचाउन बढी चिन्ता छ। पहिरोले ऋण तिर्न विदेश गएका मृतक निरुता चदाराका श्रीमान भीम चदारालाई घर बस्ने मौकासमेत दिएन्। गाउँमा ५० बढी परिवार बसोबास गर्ने गरेका छन्। बसोबास गर्ने सबै परिवार दलित हुन्। चदारा र विकको बसोबास छ। उनीहरु सबैको साझा समस्या हो, पहिरो।

अघिल्लो वर्ष असार अन्तिम साता नै लेकमा गइसकेका थियौं, यो वर्ष नयाँघर लगाएको छ, समस्या हुदैन् भन्ने सोचियो, यही पीडा भोग्नु लेखिएको रैछ, स्थानीय डबले चदाराले बताए। दैवले बाँच भन्दासम्म बाँच्नु छ, नत्र बुहारी नातिनी गए जसरी जानु बाहेक अर्को विकल्प छैन्, चदाराले दुखेसो गरे। राज्यलाई जमिन दे भन्दा थापिसकेको उनको भनाई छ।

सबैका घर भिरालो स्थानमा छन्। बस्ती जति भगवान भरोसामा छन्। अधिकांश घर अगाडि पहिरो बगिरहेको छ। गाउँपालिकाले हरेक वर्ष असारमै पाल दिएर सुरक्षित स्थान बस्न आग्रह गर्दै आएको छ। नजिक सुरक्षित जमिन नै छैन्, त्यो सिंगो बस्ती सार्नु बाहेक विकल्प छैन्, भन्छन् गाउँपालिका उपाध्यक्ष सिता थापा। थापा स्वयमको घर सोही वडामा हो। गौमुलको ९० प्रतिशत बढी भुगोल मानव बस्ती बस्न योग्य नभएको भूगर्भविदहरुले बताउने गरेका छन्। तर पनि सिंगो गाउँपालिकालाई अन्यन्त्र सार्न सजिलो छैन्। नागरिक

प्रकाशित भएको : August 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु