कश्मीर घटनाबारे भारतले नेपाललाई औपचारिक जानकारी गरायाे


 

काठमाण्डु,२३साउन सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् ।

त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर परराष्ट्र सचिवले घटनाबारे जानकारी गराएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी राष्ट्रले आफ्ना मुलुकमा भएका घटनाको बारेमा जानकारी गराउनु सामान्य भएको प्रतिक्रिया दिएका छन् ।
भारतको संविधानमै जम्मू कश्मीरलाई दिएको विशेष अधिकार हटाउने निर्णय केही दिनअघि सरकारले गरेको थियो । राष्ट्रपतिले त्यस्तो निर्णय कश्मीरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ ।

गायक रामकृष्ण ढकाल फेरि संकटमा, पाँच करोड ऋण नतिरेको भन्दै सहकारीले निकाल्यो सूचना

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित एक सहकारीले संस्थाले सूचना प्रकाशित गरि पैसा तिर्न ताकेता गरेको छ । सहकारीले ९ वर्ष अगाडि लिएको ऋण नतिरी उल्टै धम्की दिएको भन्दै एक दैनिक पत्रिका मार्फत सूचना नै सार्वजनिक गरि ताकेता गरेकाे हाे ।

ललितपुरस्थित श्रीलालीगुराँस सहकारी संस्थाले ऋण तिर्नुको साटो ढकाल दम्पत्तीले विभिन्न व्यक्ति लगाएर धम्क्याएको पनि आरोप लगाएको छ । ढकालकी पत्नी शाहले सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

नौ बर्ष अघि लिएको ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो ।

त्यसले पनि असुल उपर नभएको भन्दै सहकारीले सूचना निकालेको हो । ढकाल दम्पत्तीसहित सहकारीले ६ जनाको नाममा सूचना प्रकाशन गरेको छ । केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शितल भिडियो चलचित्र मन्दिरलाई पनि उर्दी जारी गरिएको छ ।

सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको बताएका छन् ।

प्रकाशित भएको : August 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु