के तपाईमा यस्ता संकेत छन् ? छन् भने तपाईं धेरै बुद्धिमान हुनुहुन्छ


काठमाडौं । मानिसका सबैका आ-आफ्ना गुण हुन्छन् । ती गुणले व्यक्तिको जीवनमा प्रत्यक्ष-अप्रत्यक्ष असर पारिरहेको हुन्छ । ती गुण र बानीले नै मानिसको भविष्य निर्धारण भएको हुन्छ र उसको विशेषता समेत बताइरहेको हुन्छ ।

मानिसको बानीले, उसमा भएका गुणले ऊ कत्तिको बुद्धिमान व्यक्ति हो भन्ने अनुमान गर्न सकिन्छ । वैज्ञानिकहरुले पनि केही त्यस्ता गुण वा बानीलाई व्यक्तिको क्षमता मापन गर्ने आधार बनाएका छन्।

बुद्धिमान व्यक्ति राती अबेरसम्म पनि सुत्दैन । उसलाई निन्द्रामा समेत छटपटी हुन्छ । लिओनार्दो दा भिन्ची दिनको करिब तीन घण्टा मात्र सुत्ने गर्थे र सफल भएका धेरै व्यक्तिहरुको बारेमा पढ्दा पनि यस्तो तथ्य फेला पर्छ।

वैज्ञानिकहरुका अनुसार, बुद्धिमान व्यक्तिले रातीको समयमा पनि केही पढ्न, केही नयाँ कुरा सिक्न प्रयास गर्छ, जसले गर्दा ऊ ढिलो सुत्छ। त्यस्तै, उसको दिमागमा विचारहरु खेलिरहनाले ऊ मस्त निदाउन सक्दैन।

बुद्धिमान व्यक्ति अल्छि हुन्छ । ऊ सोंचाइले र नयाँ प्रयोगले शारीरिक रुपमा थाक्छ, जसले गर्दा अल्छि बन्छ । फेरी अल्छिपनकै कारण उसले सुविधा खोज्छ, नयाँ र छिटो हुने प्रयोग खोज्छ , जसले गर्दा नै रिमोट, यातायात, टेलिफोन जन्मिएका हुन्।

त्यस्तै , बुद्धिमान व्यक्ति भ्रमण गर्न बढी मन पराउँछ। भ्रमण गर्दा नयाँ मानिस, नयाँ पृष्ठभूमि, नयाँ विचार, नयाँ वातावरण बारे बुझ्न पाइन्छ र त्यसले आफूमा केही नयाँपन ल्याउन सकिन्छ, आफ्नो कामलाई नयाँ रुप दिन सकिन्छ, विभिन्न कुरा सिक्न सकिन्छ।

बुद्धिमान व्यक्तिहरु समाजमा धेरै घुलमिल हुँदैनन् । उनीहरु प्राय एकलकाटे प्रकृतिका हुन्छन् । किनकी उनीहरुको सोंच समाजका अरु व्यक्तिको सोंच संग मिल्दैन, समाजले उनीहरुको सोंचलाई छिट्टै स्विकार्न, आत्मसाथ गर्न सक्दैन भन्ने उनीहरुलाई थाहा हुन्छ । विचार मिल्न नसकेकै कारण उनीहरु सम्बन्धहरुमा धेरै रमाउन सक्दैनन्।

सम्वन्धित समाचार

तपाईमा यस्ता ५ संकेत छन्, उसोभए तपाईं बुद्धिमान हुनुहुन्छ !

एजेन्सी । संसारभरका मानिसमा सबैमा अलग्गै विशेषता हुन्छ । मार्कसिटमा हुने अंकको आधारमा व्यक्ति कत्तिको बुद्धिमान छ भन्ने जान्न सकिंदैन । किनकी हरेक मानिस कुनै एउटा पाटोमा बुद्धिमान हुन्छ । दिमागको भाग र कामलाई विभिन्न वैज्ञानिकले अलग अलग काम तथा हिस्सामा बाँडेका छन् । कसैले दिमागलाई तीन भागमा बाँडेका छन् त कसैले छ भागमा । तर, जुनसुकै हिसाबले बाँडेतापनि हरेक व्यक्तिको दिमाग कुनै एउटा भागमा सक्रिय पाइन्छ ।

प्राय स्कुलहरुमा राम्रो अंक ल्याउने विद्यार्थीहरु अगाडी बेञ्चमा बस्ने गर्छन् । अगाडी बस्ने विद्यार्थीहरुलाई बुद्धिमान भनिन्छ । तर, वास्तवमा अगाडी बेञ्चमा बस्ने विद्यार्थी भन्दा पछाडी बस्ने विद्यार्थी बुद्धिमान हुन्छन् । अगाडी बस्ने विद्यार्थीहरु अरुले सिकाएको कुरा टिप्न सक्ने हुन्छन् तर पछाडी बस्ने विद्यार्थीहरु जिन्दगीको जुनसुकै लडाई लड्न सक्ने हुन्छन् । उनीहरुमा एकै पटक धेरै काम गर्ने क्षमता समेत हुन्छ ।

बुद्धिमान व्यक्तिहरु खुशी देखिन्छन् । उनीहरु मुस्कुराउन मन पराउँछन् र अरुलाई पनि हाँसेको हेर्न चाहन्छन् । पीरमा परेको व्यक्तिलाई समेत उनीहरु हँसाउने प्रयास गर्छन् । तर पनि उनीहरु कुनै चिन्तनमा पनि डुबेका हुन्छन् । बुद्धिमान व्यक्तिहरु धेरै सोंच्छन् । उनीहरु कुनै कुराको विश्लेषण गर्ने र निर्णय लिंदा धेरै सोंचेर लिने किसिमका हुन्छन् ।

बुद्धिमान व्यक्तिहरु आफूलाई माया गर्ने, आफैमा हराउन सक्ने हुन्छन् । उनीहरुलाई साथी नभएतापनि दिन काट्न समस्या हुँदैन । एउटा पुस्तक पढेर नै उनीहरुले आफ्नो दिन काट्न सक्छन् । उनीहरु रचनात्मक हुने हुनाले आफू भित्र हरेर कुनै कुरामा डुब्छन्, जसले गर्दा उनीहरुलाई साथीको अभाव महसुस हुँदैन । धेरैजसो बुद्धिमान व्यक्तिहरु देब्रे हात प्रयोग गर्ने हुन्छन् ।

तपाइहरुको १ शेयरले हामीलाई अगाडी बढ्न मद्दत पुग्दछ । त्यसैले कन्जुसाइ नगरीकन शेयर गरिदिनुहोला ।

प्रतिकृया दिनुहोस्