भावुक भएर रवि लामिछानेले भने – प्रहरीले जहाँ बोलाउछ त्यहीँ जान तयार छु


 

काठमाडौं। चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पूर्व सहकर्मीको मृ*त्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आपत्ति जनाएका छन्। पुडासैनीलाई आफू र आफ्नो टिमले कुनै किसिम ट*र्चर नगरेको बताउँदै रवि ले उनको मृ*त्युबारे चाँडै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग अनुरोध गरेका छन् ।

चितवनको नारायणगढ स्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृ*त फेला परेको घटनामा आफ्नो नाम छोडिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उनले पत्रकार पुडासैनीको मृ*त्युको खबरले आफू दु*खित भएको बताए ।

बुधबार अपरान्ह फेसबुक लाइभमा आएका रवि लामिछाने भावुक हुँदै दुई महिना अघि न्यूज २४ छाडेर गएका पुडासैनीसँग राम्रो सम्बन्ध रहेको र उनी आफू खुसी नै माउन्टेन टेलि भिजनमा गएको जानकारी दिए । सो घटनाको अनुसन्धानमा सहयोग गर्न प्रहरीलाई बयान दिन आफू र आफ्नो टिम जहाँ भने त्यहीँ जान तयार रहेको बताएका उनले यस घटनाको विषयलाई लिएर पटक पटक प्रहरीको सम्पर्कमा गएको जानकारी दिए

संगीतबाटै गरेको कमाइले प्रकाश सपुतले जोडे घर

काठमाडौं । नेपाली कला क्षेत्र भन्ने बित्तिकै मानिसहरु त्यसमा लाग्न सयपटक सोच्छन्। अझ सांगीतिक क्षेत्रको त कुरै छोडौं। सांगीतिक क्षेत्रमा लागेर जीविकोपार्जन गर्न निकै नै मुस्किल हुन्छ भन्ने धेरै मानिसको बुझाइ छ। तर, पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै नै सुधार आएको छ। गायक गायिकाहरुले संगीतबाटै आफ्नो जीविकोपार्जन गर्न मात्र होइन ठूलो सम्पत्ती नै जोड्न थालेका छन्।

यसको पछिल्लो उदाहरण हुन्,गायक प्रकाश सपुत। उनले संगीत क्षेत्रमा लागेपछि व्यवसायिक रुपमा अन्य केही काम गरेनन्। संगीतबाटै उनले आफ्नो दैनिक खर्च चलाए। उनले आफ्नो विशुद्ध सांगीतिक कमाइबाट काठमाडौंमा नयाँ घर बनाएका छन्। उनले केही दिनअघि आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै यसको जानकारी गराएका हुन्।

उनले फेसबुकमार्फत सांगीतिक करियरको सुरुको दिनमा आश्रय दिने, काम दिने, अवसर दिने, हौसला दिने, सहकार्य गर्ने तथा माया गर्ने श्रोता तथा दर्शकलाई धन्यवाद दिएका छन्। उनले आफ्नो सातौं वैवाहिक वर्षगाँठमा गरेको यो पोष्ट श्रीमती बिन्दु र आफ्नो लभ सेलिब्रेटसँगै आफू जस्तै धरातलमा उभिएर सपना देख्नेहरुको लागि भएको बताएका छन्।

प्रकाशित भएको : August 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु