एकाबिहानै त्रिशूलीमा बस खस्यो, तीनले ज्यान गुमाए, २५ वेपत्ता भए


 

धादिङ (गजुरी), २४ साउन : सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृ**त्यु भएको भएको छ ।

दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

प्रतिकात्मक तस्विर ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।(रासस)

Video From Ktm Dainik Youtube Channel

Don’t forgot to like share subscribe and comment.

१३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, रुँदै गरिन् बचाईदिन आग्रह (हेर्नुहोस् भिडियो)

तपाइहरुको १ शेयरले हामीलाई अगाडी बढ्न मद्दत पुग्दछ । त्यसैले कन्जुसाइ नगरीकन शेयर गरिदिनुहोला ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु