शक्तिको गलत्त प्रयोग गर्दै घाँस काट्न गएकी युवती ब’लात्कार गर्ने प्रहरी पक्राउ


 

नेपाल प्रहरीको काम नागरिकलाई सुरक्षा दिने हो । नागरिकको रक्षक भएर बस्ने हो तर प्रहरीले नै समाजमा इच्छाविपरित क*र*णी जस्तो अ*मा*न*वि*य कार्य गरेपछि जनताले कस्लाई बिश्वास गर्ने । एकजना प्रहरी जवानले गरेको गल्तिले पूरै संगठनलाई नै ब!द!ना!मी गराउने गर्दछ । यस्तै घ!ट!ना घ!टे!को छ ओखलढुङ्गा जिल्लामा ।

ओखलढुंगा । जब र्जस्ती क’रणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई क’रणी गरेको आरोप छ ।

पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जब’र्जस्ती क’रणी गरेको पीडितको आरोप छ । यादवले क’रणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जङ्गलमा किशोरीलाई कर’णी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तो’डफो’डको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले क’रणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराउनुभएको हो । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर यौ’न सम्पर्क राखेको खुलेको छ ।

डेढ महिना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले म’दिरा से’वन गरेर महिलालाई यौ’न दुव्र्य’वहार गरेको घटना बाहिरिएको थियो । घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । रासस

समाजको रक्षक भनेर चिनिने प्रहरीबाट हुने यस्ता गल्तिलाई माथिल्लो निकायले ढाकछोप नगरीकन स्वतन्त्र रुपमा अनुसन्धान गरेर दो*षि*लाई हदैसम्मको का*र*वा*ही होस भन्ने आम नागरिक चाहना हो ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु