यसरी खस्यो त्रिशूलीमा बस हेर्नुहोस भिडियो


 

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृ**त्यु भएको छ ।

दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको र २५ जना हराइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बेपत्ताहरुको खोजी भइरहेको बताए ।

उनले कति जना बेपत्ता छन् भन्ने यकिन नभएको बताए । ‘उताबाट कतिजना चढेर आएका थिए, बाटोमा कति जना थपिए, हामी बुझ्दैछौँ’ उनले भने ‘बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

र यो पनि पढ्नुहोस : यी हुन् त्रिशूलीमा भएको बस दुर्घटनामा सवार ४५ जना यात्रुहरु (सबैको नामावलीसहित)

प्रहरी उपरीक्षक बैदवारले चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने बताए । ‘बिहानीपख दुर्घटना भएको छ, चालक निदाएका कारण हो कि भन्ने अनुमान गरेका छौँ’, उनले भने ‘थप कुरा अनुसन्धानपछि खुल्दै जाला ।’

अहिले घटनास्थलमा स्थानीय बासिन्दासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू उद्धारमा खटिएका छन् ।

जनता टेलिभिजनले त्रिशुलीमा खसेको बसको कसरी उद्धार भैरहेको छ भन्ने भिडियो खिचेको छ । तलको भिडियोबाट हेर्नुहोस घाइतेको कसरी हूँदैछ उद्धार ।

भिडियो हेर्नुहोस् :

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु