झापामा चिर्पट प्रहार गरी बुबाको ह*त्या, चितवनमा इनारमा खसेर महिलाको मृ*त्यु


 

झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्र*हार गरी आफ्नै छोराले आज बिहान बुबाको ह*त्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्र*हार गरेका थिए । चि*र्पट प्रा*हरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घट*नास्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ । बुबालाई चिर्पट प्र*हार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै इनारमा खसेर महिलाको मृ*त्यु : भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृ*त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृ*त्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो । इनारमा खसेकी भुसालको श*व भरतपुर अस्पताल ल्याइएको छ ।

यो पनि पढ्नुहोस : एक वर्षमा २० विधेयक प्रमाणीकरण

प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा सात वटा बढी विधेयक प्रमाणीकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गर्नुभएका प्रमुख तुम्बाहाङले आव २०७५÷७६ को असार मसान्तसम्ममा २० विधेयकसहित ३३ विधेयक प्रमाणीकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी दिनुभयो ।

‘प्रदेश आर्थिक कार्यविधि विधेयक—२०७४’ प्रदेशसभाको विसं २०७४ माघ २२ गतेको पहिलो अधिवेशनले पारित गरेको पहिलो विधेयक हो । प्रमुख तुम्बाहाङले यो विधेयक २०७४ चैत २२ गते प्रमाणीकरण गर्नुभएको थियो । यसरी प्रमाणीकरण भएका अधिकांश विधेयक प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून देखिएको छ । विसं २०७४ माघ ७ गते पद बहालीपछि प्रमुख तुम्बाहाङले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भइआएका विधेयकहरू प्रमाणीकरण गरेको प्रेस सल्लाहाकार रेग्मीले बताउनुभयो । प्रमुख तुम्बाहाङले प्रमाणीकरण गरेको पछिल्लो विधेयक ‘प्रदेश विनियोजन विधेयक—२०७६’ हो । उहाँले सो विधेयक २०७५ असार २३ गते प्रमाणीकरण गरेका हुन् ।

आव २०७५÷७६ मा प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणीकरण गरेका विधेयकहरूमा ‘प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक—२०७५’ (साउन २५), ‘जिल्लासभाको काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ (भदौ १४), ‘अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (भदौ १४), ‘विपद् व्यवस्थापनका सम्बन्धमा गर्न बनेको विधेयक’ (असोज १४), ‘प्रदेश नं १ सामाजिक विकास संस्था विधेयक’ (असोज १४), र ‘प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक’ (असोज १४) रहेका छन् ।

यस्तै ‘प्रदेश नं. १ को प्रदेश वित्त व्यवस्थापन विधेयक’ (असोज १९), ‘प्रदेशको कर तथा गैर कर, राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (कातिक ३०), ‘प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (कातिक १४), ‘सिँचाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ (कातिक २८), ‘प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (२०७६ वैशाख १२), ‘प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख ८), ‘प्रदेश आर्थिक कार्यविधि पहिलो संशोधन विधेयक—२०७६’ (वैशाख २६ ) र ‘बृहत् विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख १७) रहेको छ ।
त्यस्तै ‘विपद् व्यवस्थापन ऐन,२०७५ लाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख २७), ‘प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख २७), ‘गाउँ तथा नगरसभाका सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ (असार ५), ‘जिल्लासभा, जिल्ला सम्वन्य समितिका सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ (असार ५), ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्व्यन गर्न बनेको विधेयक’ (असार २३ ) र ‘प्रदेश विनियोजन विधेयक’ (असार २३) लाई प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणीकरण गर्नुभएको छ ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु