मिलन लामाले गाउँपालिका अध्यक्षसँग मागेका थिए २ करोड


 

प्रहरीको गो**ली लागेर घाइते भएका मिलन लामा ‘लोप्चन’ ले रामेछापको एउटा गाउँपालिकाका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेको खुलेको छ।

महानगरीय अ*पराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्ने क्रममा घाइते भएका लामाले टेलिफोन गरेर रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कासँग २ करोड रुपैयाँ मागेको खुलेको छ ।

अ*पराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार जनप्रतिनिधिलाई ध*म्की दिँदै रकम मागेको जानकारी एक साताअघि नै आएको थियो। त्यसयता प्रहरीले लामालाई खोजी थालेको थियो।  एसएसपी थापाका अनुसार  लामाले मागे जति रकम नदिएमा ज्या*न मा**र्ने ध**म्की दिएपछि जनप्रतिनिधिले प्रहरीको सहयोग मागेका थिए।

जनप्रतिनिधिबाटै लामाबारेमा गुनासो गरेपछि प्रहरीले उनको खोजी थालेको थियो।

त्यसैक्रममा केही दिनदेखि लामालाई पछ्याइरहेको प्रहरीले उनी बिजेश्वरीस्थित हाउजिङमा रहेको सूचना पाएको थियो । त्यसपछि लामालाई प’क्राउ गर्न अ*पराध महाशाखाको टोली पुगेको थियो।

‘प्रहरी टोलीलाई देख्नेबित्तिकै लामा भाग्न खोजे, त्यसपछि उनलाई घुँडा*मुनि २ गो**ली हानेर समातिएको हो’, महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भने, ‘दुई गोली लागेका उनलाई अहिले उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएको छ।’

लामाको घर रामेछापको मन्थली नगरपालिका हो । लामाले काठमाडौंमै बसेर गाउँपालिका प्रमुखलाई फोनमार्फत् २ करोड रुपैयाँ मागेका थिए । रकम नदिएमा मा**र्न ध*म्कीसमेत दिएपछि प्रहरीले लामालाई समात्न खोजिरहेको थियो। प्रहरीले मिलनसँगै अमृत तामाङलाई पनि पक्राउ गरेको छ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु