
दाङ – राजपुर गाउँपालिका वडा नम्बर-७, भौवानामा वि’षालु सर्पको टो’काइबाट एकै परिवारका दुई बालिकाको ज्या’न गएको छ । सर्पको टो’काइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको ज्या’न गएको हो ।
भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले टो’काइबाट ज्यान गएको प्रधानाध्यापक लिलाधर विकले जानकारी दिनुभयो ।
भौगोलिक विकटता, बाटोको समस्या, सञ्चार र स्वास्थ्य सेवाको पहुँच नहुँदा दुई जना बालिकाको ज्या’न गएको प्रधानाध्यापक विकले बताउनु भयो । घरमा सुतिरहेको बेला दुई जना बालिकालाई सर्पले ड’सेको हो ।
गएको वर्ष पनि शिवशक्ति माध्यामिक विद्यालयमा अध्यनरत कक्षा ९ की छात्राको पनि सर्पको टो’काइबाट घा’इते भएपछि अस्पताल लैजाँदै गर्दा ज्या’न गएको थियो ।
सम्वन्धित समाचार
वि’षालु सर्पले टोकेको हो भनेर कसरी थाहा पाउने ?
टोकेको ठाउँमा सुन्निनु,
छिटछिटो सास फेर्नु,
टोकेको ठाउँमा घोचेको जस्तो अनुभव हुनु,
हातखुट्टा कडा हुनु वा बाउँडिनु,
चक्कर लाग्नु
बेहोस हुनु
रिस उठ्नु र झर्किनु
रक्तश्राव हुनु
निलो डाम हुनु, टोकेको ठाँउमा स-सना फोका देखिनु
लिम्फ ग्रन्थी सुन्निनु
संक्रमण वा नेक्रोसिस हुनु
सर्पले टोकेपछि स्नायु प्रणालीमा देखिने लक्षणहरु
स्वादमा भिन्नता
बान्ता हुनु
आँखाको परेला उठाउन गाह्रो हुनु
स्वरमा परिवर्तन आउनु
नाडी छिटो छिटो चल्ने
श्वास फेर्न समस्या देखिने
यी चिन्ह र लक्षणहरु विशेष गरेर कोब्रा, करेत जस्ता बि’षालु सर्पका टोकाइका कारण हुन्छ।
सर्पले टोकिसकेपछिको प्राथमिक उपचार
बिरामीलाई सबैभन्दा पहिले शान्त पार्नुपर्छ।
बिरामीलाई सजिलो हुने गरी भुँइमा सुताउनुपर्छ र शरीरमा कसिएको लुगा फुकाली दिनुपर्छ।
टोकेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ।
यी सबै कुराहरु गरिसकेपछि छिटोभन्दा छिटो नजिकैको उपचार केन्द्रमा पुर्याउनुपर्छ।
गर्मी भयो भनेर घाउमा बरफ लगाउनु हुँदैन।
डाक्टर र विशेषज्ञको सल्लाह बिना औषधि प्रयोग गर्दा अर्को समस्या आउन सक्छ।
यस्तो अवस्थामा भुलेर पनि रक्सी पिउनु हुँदैन।
रक्सीले वि’षको मात्रालाई शरीरमा छिटो फैलाउनु मद्दत गर्छ।
सर्पले टोकेपछि के नगर्ने?
टोकेको घाउलाई नचलाउने। यसबाट अरुलाई पनि संक्रमण हुने र बिष छिटो फैलिने सम्भावना हुन्छ।
रबर वा डोरीले कडा रुपमा नबाँध्ने। यसले रक्तसञ्चार अबरुद्ध पार्छ।
यदि रबर तन्किएर ४० मिनेटभन्दा बढी बाँधेमा रक्तकोषिकाहरु म’र्दै जान्छ।
धामी झाँक्रीसँग उपचार गराउँछु भन्दा बिरामीको मृ’त्यु हुने सम्भावना बढ्ने भएकाले जतिसक्दो चाडो स्वास्थ्य चौकी वा केन्द्रमा लैजाने।
टोकेको ठाउँमा कुनै वस्तुले नकाट्ने, नचुस्ने, कुनै मलम वा रासायनिक औषधि नलगाउने।
प्रतिकृया दिनुहोस्