अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरे लाई झापामा सम्मान


 

नेपाल र भारत सीमाना काँकडभिट्टा क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको उद्घाटन कार्यक्रममा युवा पत्रकार खगेन्द्र घिमिरेलाई सम्मान गरिएको छ ।
पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै पर्यटन तथा यातायात व्यवस्थापन समितिले घिमिरेलाई सम्मान गरेको हो ।

माउण्टेन टेलिभिजनका झापा संवाददाता समेत रहेका घिमिरलाई शुक्रबार प्रद्रेश न १ का प्रहरी प्रमुख (डिआईजी) ठाकुर प्रसाद ज्ञावलीले खादा तथा दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो । घिमिरे पर्यटन तथा खोजमुलक समाचार संकलनमा कलम चलाउँदै आएका छन् ।


भष्ट्रचार र घुसखोरी कर्मचारीको विरुद्ध मल्टिमिडिया पत्रकारिता (Youtube) मा अनुसन्धान अनलाइन नामक च्यानल सिर्जना गरेर लामो समयदेखि घिमिरेले झापा र आसपासका जिल्लाहरुमा आवाज उठाउँदै आएका छन् । पूर्वि नेपालमा पत्रकार घिमिरेलाई आम मानिसहरुले निडर र उदाँउँदो तारा भनेर चिन्न थालेका छन् ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु