शिल्पा परिन् फसादमा, उच्च अदालतले पनि दियो यस्तो आदेश


 

काठमाडौ। बहुविवाहको कसुरसम्बन्धी मुद्दाका अभियुक्त नायिका शिल्पा पोखरेल ओझालाई पक्राउ गर्न उच्च अदालत पाटनले पनि आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले गत यही साउन ८ गते उक्त कसुरमा चलेको मुद्दामा पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो । तर उक्त आदेशविरुद्ध निषेधाज्ञाको अन्तरिम आदेशको माग गर्दै पोखरेलले भने कानूनी व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुराँगाई र अधिवक्ता मनोजकुमार यादवमार्फत उच्च अदालत पाटनमा साउन १६ गते निवेदन दर्ता गराएकी थिइन् ।

निवेदनमाथि शुक्रबार भएको बहसपछि उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएको हो । इजलास नम्बर ५ भएको बसहसपछि न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले निवेदक पोखरेलले माग गरेबमोजिम पक्राउ गर्न नपर्ने कारण नदेखिएको ठहरसहित यसअघि काठमाडौं जिल्ला अदालतले साउन ८ मा पक्राउ गर्न दिएको आदेशलाई नै निरन्तरता दिन आदेश भएको हो ।

शुक्रबारको आदेशसँगै अब शिल्पालाई पक्राउ गर्ने बाटो उच्च अदालतबाट पनि खुला भएको छ । आदेशपछि पक्राउ पर्नबाट जोगिने शिल्पाको आशामा तुषारापात हुन पुगेको छ । उच्च अदालतमा शुक्रबारको बहसमा निवेदक शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाँई र अधिवक्ता मनोजकुमार यादवले भाग लिएका थिए । विपक्षी हेमा अाेझाकाे तर्फबाट अधिवक्ता स्वागत नेपाल, तुलाषा शर्माले बहस गरेका थिए । छबिकाे तर्फबाट भने कसैले बहस गरेनन् । निवेदनमा काठमाडौं जिल्ला अदालत, टेकु प्रहरी परिसरलगायत ६ वटालाई विपक्षी बनाइएको थियो ।

अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश भएकाे हो ।

‘निवेदकको मागबमोजिम अन्तरिम आदेश हुनुपर्ने कुनै आधार र कारण देखिएन’ उल्लेख गर्दै अन्तरिम आदेश जारी नहुने ठहर गरेको हो ।
शिल्पाले विवाहित भएको जान्दाजान्दै चलचित्र निर्माता छबि ओझासँग विवाह गरेको भन्दै छबिका जेठी श्रीमती हेमा ओझाले छबि र शिल्पाविरुद्ध बहुविवाह मुद्दा हालेकी थिइन् । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले दुवै जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो।

त्यसपछि पक्राउ पूर्जी जारी गरेर प्रहरीले दुवै जनालाई व्यापक खोजी गरिरहेको बेला शिल्पा उच्च अदालत पुगेकी थिइन् । दुवै जना फरार सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको छ । दुवै जनालाई छिट्टै पक्राउ गर्ने प्रहरीले जनाएकाे छ ।

प्रकाशित भएको : August 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु