नियम विपरित रकम असुल्ने सामाखुशीको शिवाकोटी मेनपावरमा छापा


 
  • रिया भण्डारी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी कम्पनी म्यानपावरहरुले ठगी गर्ने गरेको गुनासो अझै उस्तै छ । निःशुल्क भिसा र टिकटमा समेत रकम लिइ ठगी गर्ने प्रवृत्ति अहिले पनि कायमै छ । शुक्रबार वैदेशिक रोजगार विभागको एक टोलीले फ्री भिसा फ्री टिकेटमा युएई पठाउन १ लाख १५ हजार उठाउने सामाखुशीको शिवाकोटी मेनपावरमा छापा मारेको छ ।

शिवाकोटी मेन पावरले युएईको फ्री भिसा फ्री टिकेटलाई समेत नियम बिपरित १ लाख रुपैयाँ बढी उठाएको छ । ताप्लेजुङ घर भएका पासाङ लामा र प्रकाश शेर्पालाई मेनपावरका कर्मचारीले १ लाख १० हजार माग गरिरहेको सूचना न्युज २४ मा आयो । त्यसपछि बैदेशिक रोजगारमा खबर गरियो र बैदेशिक रोजगार बिभाग र न्युज २४ को टिमले स्टिङ गरेको थियो ।

मेनपावरका कर्मचारीले कहिले मेनपावरमा बोलाएको त कहिले अन्य बिभिन्न स्थानमा बोलाएका थिए । विहीबार नै युवाहरुले बुझाउने पैसाको फोटोकपी गरिएको थियो त्यही प्रमाण देखाउदै बसपार्कको बिजी मल अगाडि मेनपावरका कर्मचारीले रकम बुझ्दा बुझ्दै बैदेशिक रोजगार बिभागको टोलीले रंगेहात पक्राउ ग¥यो ।

मेनपावरले पैसा नदिए रद्द गरिदिने धम्की समेत दिएको पीडित युवाहरुले बताएका छन् । रकम बुझ्दा रंगेहात पक्राउ परेका व्यक्तिले मेनपावरका कर्मचारीले पैसा लिन आफ्नै मोबाइल सहित पठाएको बताएका छन् ।

बैदेशिक रोजगार बिभागले १० हजार भन्दा बढी सेवा शुल्क लिन नपाउने भएपनि मेनपावरले १ लाख १० हजार लिएकोको कारण शिवाकोटी मेनपावरलाई कारबाहीको दायरामा ल्याइने बिभागले बताएको छ ।

शिवाकोटी मेनपावरका सञ्चालकले भने रकम माग नगरेको जवाफ दिए । राजन पौडेल नामक शिवाकोटी मेनपावरकै एजेन्टले पैसा माग गरिरहेको प्रमाण समेत युवाहरुले दिएका छन् । शुक्रबार उडान तय भएका अन्य सात जनाबाट समेत शिवाकोटी मेनपावरले नियम बिपरित १ लाख १० हजार लिएको खुलेको छ ।

प्रकाशित भएको : August 10th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु