माया-प्रेममा हुन्जेल ‘सत्कार’ परिवारले थाहा पाए ‘ब*लात्कार’,बढ्दै छन् ज*बरजस्ती क*रणीका मु*द्दा


प्रेम सुनार बुटवल, २५ साउन । शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङले एक पत्रकार सम्मेलन गर्यो । आर्थिक वर्ष २०७५/०७६ मा वर्षभरि परेका मुद्दा संख्या, पर्छ्याैटसहित प्रहरीले गरेका गतिविधि सार्वाजनिक गर्ने क्रममा ज*बरजस्ती क*रणीको विवरण पनि प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले प्रस्तुत गरे ।एसपी बेलबहादुर पाण्डेका अनुसार ज*बरजस्ती क*रणीका उ*जुरी बढ्दै गएका छन् । एक ठाउँमा पुरुषद्वारा बालकलाई अ*प्राकृतिक मै*थुन र अर्को एक पुरुषद्वारा बाख्रालाई ज*बरजस्ती क*रणी गरेको भेटियो । महिला पत्रकारका सामु त्यसबारे थप चासो राख्न पुरुष पत्रकारहरुले समेत अ*फ्ठ्यारो माने र थप प्रश्न साेधेनन् ।

पाण्डेले प्रस्तुत गरेकाे विवरणअनुसार २०७५ को साउन १ गते देखि २०७६ को असार मशान्त सम्म दाङमा पुरुषद्वारा ६२ जना महिला ब*लात्कारमाथि ज*बरजस्ती क*रणीका घ*टना भएका छन् । त्यसबाहेक २२ जना महिलालाई ज*बरजस्ती क*रण उद्योग गरिएको उजुरी छ । थप ८ वटी बालिकालाई यौ*न दु*रुपयोग गरिएको छ । दुई वटा अ*प्राकृतिक मै*थुनका मु*द्धामध्ये एक जना पुरुषले १३ बर्षीय बालकमाथि याै*न दु*र्व्यवहार गरेको आरोप छ ।पछि फोन गरेर सोध्दा एसपी पाण्डेले भने– ‘गत कार्तिक २ गते तुल्सीपुर उपमहानगरपालिका– ४ मजुवाका ३८ बर्षीया अमृत परियारले छिमेकी छोटीलाल परियारको गोठमा बाँधेको बाख्रालाई ज*बरजस्ती क*रणी गरेका हुन् । उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

थाह पाए ब*लात्कार नत्र सत्कार:ब*लात्कार मु*द्दामध्ये कतिपय घ*टनामा प्रहरी प्रमुख पाण्डेको विश्लेषण यस्तो छ– आपसमा माया-प्रेम गर्ने, शा*रीरिक सम्पर्क राख्ने । त्यतिन्जेलसम्म एकले अर्कोलाई ‘सत्कार’ गरेकाे ठान्छन् । तर जब परिवार र सामाजले थाहा पाउँछ तब भने ‘ब*लात्कार’काे मु*द्दा बन्ने गरेका छन् ।त्यस्तै दे*ह व्यापारको मो*लमोलाइ नमिलेपछि पनि ब*लात्कारकाे मु*द्दा बन्ने गरेको छ । अर्को कुरा मुलुकी संहिता २०७४ ले १८ वर्षमुनिका किशोरीसँग राजीखुशीमा शा*रीरिक सम्पर्क भए पनि स्वतः ज*बरजस्ती क*रणी गरेकाे मानिने प्रावधान लागू भएर पनि पछिल्लाे समय ब*लात्कारका मु*द्दा बढेका हुन् । एकवर्षे ह*दम्यादले पनि ज*बरजस्ती क*रणी मु*द्दा बढ्नुमा योगदान पुर्याएएको पाण्डेकाे भनाइ छ ।

आ*त्माह*त्याकाे कारक- यौ*न विचलन:पाण्डेका अनुसार पछिल्लो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा परेका कुल ९ सय ५७ मुद्दामध्ये २ सय ९ वटा आ*त्मह*त्याका मु*द्दा थिए । महिला आ*त्मह*त्याको संख्या बढी छ । उनीहरुले आ*त्मह*त्या गर्नुको कारण श्रीमान विदेशमा हुनु र यता यौ*न विचलन रहनु अनि समाजले थाहा पाएपछि ब*दनाम भइनु जस्ता कारण रहेका छन् ।त्यस्तै मोबाईल फोनको दु*रुपयोग, अ*नमेल प्रेम सम्बन्ध, गरिबी-अ*भाव, विभिन्न असाध्य रोग, बालविवाह, अ*न्तरजातीय विवाह पनि आ*त्मह*त्याको कारक मानिएको एसपी पाण्डेको ठम्याइ छ ।

प्रतिकृया दिनुहोस्