कसैको जिन्दगीको भर छैन, आज हो कि भोलि ! आउनुहोस् खड्कालाई बचाउँ !


 

ठाकुर रसाईली /पर्वत जिन्दगी चाहे जस्तो सोचे जस्तो कसको नै हुन्छ र ! जिन्दगीमा सोच्दै नसोचिएका, कल्पनानै नगरिएका कहाली लाग्दो पहाडजस्तो समस्याहरुले घेरिदिन्छ अनायास ।

यस्तै समस्यामा परेका छ्न पर्वत कुश्माका २९ बर्षिय मीन परियार ‘खड्का’, सामाजिक सोंच, विभिन्न संगसंस्था समुहको अगुवाई गर्दै सामाजिक बिकास रुपान्तरणमा अनवरत खटिने एउटा बलियो सोंचको दरिलो युवा बिगत २ बर्ष देखी आन्द्राको क्यान्सरले ग्रसित हुँदै बाँचिरहेका छ्न ।

नेपालका नाम चलेका ठुल्ठुला अस्पतालमा २ बर्ष सम्म अस्पतालकै बेडमा रहेर उपचार गराउँदा समेत निको नभएपछि पछिल्लो समय काठमाण्डुको ग्राण्डी अस्पतालले उपचार असम्भव भन्दै भारतको राजीव गान्धी अस्पतालमा पठाएको छ ।

उपचारकै लागि झन्डै २ बर्ष नेपालका थरीथरीका अस्पतालका थरीथरीका बेडमा जिबन बचाउन लडिरहेका खड्का परियार अहिले थिल्थिलेको शरीर लिएर उपचारको भोकमा नयाँ जिन्दगीको नवीन आशा बोकेर भारतको राजीव गान्दी अस्पतालको बेडमा पुगेका छ्न ।

२ बर्ष नेपालमा उपचार गर्दा सफल हुन त सकेन नै, आर्थिक रुपमा बाहुबाजेले जोहो गरेको सम्पत्ति समेत रित्तिएको छ । नेपालमा ठुलो धनराशि खर्च गर्दै जीवन बचाउन लड्दालड्दै थकित भएका खड्कालाई शरीरमा असह्य पिडा त छंदैछ, आर्थिक समस्याले अर्को चड्कन थपेको छ ।

८ महिना अंगाडी जन्मदिने बाबाको मृत्यु भएपछि झनै पिडा माथी पीडाले रन्थनीदै बाँचेका खड्कालाई जिन्दगीले दिनु सम्म दुख दिएको छ, र खप्नु सम्म पिडा खपेका छ्न । अब त पिडाको कुनै सिमा हुन्छ भने खप्नुको सिमा समेत सकिन थाल्यो होला !

एक नहाबालक छोराका बाबु खड्का, को आफ्नो, को पराइ हो भन्ने समेत नबुझ्ने छोरालाई आफन्त संग नेपाल छोडेर उपचारका लागि श्रीमती साथैमा लगेर भारत पुगेका हुन ।

आउनुहोस्, यस्तो अबस्थामा सबैले सहयोग गर्ने फराकिलो मन बनाउँ । मुठ्ठी फुकाउँ । तपाईं हाम्रो सानो सहयोगले खड्काले नयाँ जिन्दगी जिउन पाउन ।

संगै गएकी श्रीमतीले खुसी फुलाउँदै श्रीमान खड्का कै साथमा आउन सकुन् । र घर रहेको सानो छोरा तोते बोलिमा बाबा ममि भन्दै फिस्स हाँस्दै काखमा खेल्न सकुन् ।

जति सकिन्छ त्यति सहयोग गरौं । अमुल्य सहयोगका लागी एभरेष्ट बैंकको एकाउन्ट नम्बर : ( तुलसी परियार,Tulsi Pariyar ) 03000501206299

दु:ख जसलाई पनि पर्न सक्छ । जिन्दगीको भर छैन आजको हो कि भोलि । बाँच्ने बेला सम्म मानवीय कर्म गरौं धर्म कमाउँ । सबै मर्नु त छँदैछ । आखिर मरेर जाँदा कस्ले के लगेको छ र ! पैसाले कसैलाई जलाएको छैनन् । रित्तै आउने हो रित्तै जाने हो !

प्रकाशित भएको : August 10th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु