प्रहरीलाई ठुलो सफलता, कम्युनिष्ट पार्टीका महासचिव विमानस्थलबाट गिरफ्तार

ताजा समाचार | प्रकाशित भएको : August 10th, 2019

काठमाडौं । भारतीय प्रहरीले ठुलो सफलता हात पारेको छ । कम्युनिष्ट पार्टीका महासचिवलाई विमानस्थलबाट गिरफ्तार गरेपछि प्रहरीलाई ठुलो सफलता हात परेको हो । भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनालाई कश्मीरको श्रीनगरमा नै पक्राउ गरिएको हो । याचुरीले आफुहरु पक्राउ परेकोबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् । खासमा याचुरी अर्का नेता युसुफ तारागामीलाइ भेट्न कश्मीरको श्रीनगर गएका थिए । युसुफ तारागामी विरामी भएकाेले उनलाइ भेट्न जाने उनले पहिल्यै सरकारलाइ जानकारी पनि गराएका थिए । यो उनको पूर्व निर्धारित योजना रहेको बताइएको छ ।

तर, जब उनीहरु श्रीनगर विमानस्थलमा पुगे, त्यहाँ उनीहरुलाइ पक्राउ गरियाे । श्रीनगर विमानस्थलबाट उनीहरुलाई बाहिर निस्कनै नदिएर पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । यसैबीच भाकपा मार्क्सवादीले महासचिव याचुरीलाई गैरकानुनी रुपमा गिरफ्तार गरेर हिरासतमा राखेको भन्दै विरोध गरेको छ । बिहिबार याचुरी र डी राजाले कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेखेर आफ्नो भ्रमणको योजनाबारे जानकारी गराएका थिए । पत्रमा उनीहरुले आफ्नो भ्रमणका बेला कुनै पनि बाधा नआओस भन्ने चाहना व्यक्त गरेका थिए । तर, त्यसविपरित उनीहरुलाई कुनै जानकारी नै नगराएर विमानस्थलबाटै पक्राउ गरिएको भाकपा माक्र्सवादी बताएको छ । हिरासतबाटै याचुरीले आफूहरुले कानुनी लडाइ लड्ने बताएका छन् ।

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० को खारेजीसँगै राज्यमा सञ्चार सेवामाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । बिहीबार कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादलाई पनि श्रीनगर विमानस्थलमा रोकिएको थियो । श्रीनगर जानुअघि आजादले कश्मीरीहरुसँग सडकमा खाना खाइरहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको कडा आलोचना गरेका थिए । कश्मीरमा गएको ५ अगस्टदेखि यता पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती र उमर अब्दुल्लासहित ५०० भन्दा स्थानीय नेताहरुलाई पक्राउ गरिएको छ । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरी नागरिकलाई भयभित नहुन आग्रह गरेका थिए । उनले आउँदो सोमबार रहेको ईद पर्वको शुभकामना दिँदै ईद पर्व मनाउन कश्मीरीहरुलाई कुनै अप्ठेरो नपर्ने आश्वासनसमेत दिएका थिए ।

कश्मीरमा रहेका अधिकारीहरुका अनुसार शुक्रबार पनि नमाजका लागि भन्दै कर्फ्यु केही खुकुलो पारिने छ । बिहीबार मात्रै पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता गुलाम नवी आजादलाई पनि विमानस्थलबाट बाहिर निस्कन रोक लगाइ दिल्ली फिर्ता गरिएको थियो। आइतबार रातिदेखि कस्मिरको सुरक्षा कडा पारिएको र सञ्चार साधनहरुलाई पूर्ण अवरुद्ध पारिएको छ। शुक्रबार भने मुस्लिम समुदायको प्रार्थनाका लागि केही खुकुलो पारिएको छ । यसैसाता सरकारले कश्मिरलाई विशेष दर्जाको राज्यका मान्यता दिने संविधानको अनुच्छेद ३७० खारेज गरेको थियो । जम्मु तथा कस्मिरलाई विशेष राज्यको मान्यता खारेज गर्दै केन्द्र सरकार मातहत राख्ने निर्णय गरिएको थियो । लद्दाखलाई छुट्टै प्रशासकीय इकाइ बनाउने निर्णय गरिएको थियो ।

फेसबुकमा हामीसँग जोडिनुहोस्

प्रतिकृया दिनुहोस्