पत्रकार पुडासैनी आ*त्महत्या : प्रहरी अनुसन्धान ‘रवि लामिछाने र सिधा कुरा’तिर सोझिन सक्ने !

ताजा समाचार | प्रकाशित भएको : August 10th, 2019

काठमाडौं, २५ साउन । २० साउनमा चितवनमा आ*त्महत्या गरिएको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरण टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’तिर सोझिन सक्ने भएको छ ।

प्रहरीले यस विषयलाई सांकेतिक रुपमा स्वीकारे पनि यसको स्वतन्त्र पुष्टिचाहिँ गरेको छैन ।

प्रहरी स्रोतका अनुसार पुडासैनीको मोवाइलमा भेटिएका कतिपय प्रमाण शंकास्पद छन् जसको परिक्षण प्रहरीको प्रयोगशाला काठमाडौंमा भइरहेको छ ।

मृतक पुडासैनी न्युज २४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’का महत्वपूर्ण टोली सदस्य थिए । हालै मात्र उनी माउन्टेन टेलिभिजनमा मिसन न्युज चलाउन पुगेका थिए ।

कतिपयले पुडासैनिको ह*त्या भएको दाबी गरेका थिए । ह*त्या वा आ*त्महत्या भन्ने विषय पोष्ट मार्टम रिपोर्ट आएपछि पत्ता लाग्ने चितवन प्रहरीले भनेको छ । तर, पुडासैनीको अन्तिम संस्कार भने भइसकेको छ ।

प्रहरीले मृतकको साथबाट अन्य थप सामाग्री समेत बरामद भएको जानकारी दिएको छ । मृ तकको मोबाइलमा केही विषय भेटिएका छन् । गोप्य हिसाबले प्रहरीले मिहिन अनुसन्धान जारी राखेको छ ।

स्रोतका अनुसार प्रहरीले बरामद गरेको पुडासैनीको मोवाइलमा खिचिएको भिडियोमा उनले मृ त्युको कारक बनेका व्यक्तिहरुबारे खुलाएका छन् ।

यसै कारण पनि पुडासैनिको उक्त भिडियोको प्राविधिक जाँचका लागि प्रहरी प्रयोगशालामा पठाइएको हो ।

यी विषयमा निक्कै अप्ठेरो परेपछि प्रस्तोता लामिछानेले शं कास्पद रुपमा आएका समाचार र विवरणको खण्डन गरे । आफ्नो टोलीबाट हाँसीखुसी विदा भएको भन्दै लामिछानेले पुडासैनीको एक युवतीसँग सम्बन्धमा रहेको र तिनले त नाव दिएको भन्ने विषयलाई अगाडि ल्याएका छन् ।

सोमबार कंगारु होटलमा बस्नु अघि पुडासैनी अन्य होटलमा समेत गएका थिए । उनी कोठा खोज्नका लागि गएको प्रारम्भिक सोधपुछबाट खुलेको थियो ।

फेसबुकमा हामीसँग जोडिनुहोस्

प्रतिकृया दिनुहोस्