आइफोनको कमजोरी पत्ता लगाउनुहोस् ११ करोड रुपयाँ पुरस्कार जित्नुहोस् !


एजेन्सी। चर्चित मोबाइल फोन उत्पादक कम्पनि एप्पलले आफुले उत्पादन गरेको आइफोनमा खराबी पत्ता लगाउनेलाई दशलाख अमेरिकी डलर अर्थात् ११ करोड ३० लाख नेपाली रुपयाँको पुरस्कार घोषणा गरेको छ । उसले त्यो रकम साइबर सेक्युरिटी रिसर्चको नाममा छुट्याएको हो ।

समाचारहरुमा जनाइए अनुसार ह्याकरबाट आफ्नो उत्पादनलाई बचाउनकोलागि घोषणा भएको यो रकम अहिलेसम्मको सबैभन्दा ठुलो राशी हो । कतिपय मुलुकहरुमा त्यहाँको सरकारले पत्रकार तथा मानव अधिकारबादीको मोबाइलमा गर्ने जासुसी बढिरहेको बेला यस्तो घोषणा उत्पादक कम्पनीले गरेको छ ।

यसअघी यस्तै प्रकारको अनुसन्धानको लागि केवल दुई लाख अमेरिकी डलरको मात्र राशी घोषणा भएको थियो । बिहिबार लासएन्जल्समा गरिएको यो घोषणा संगै म्याक सफ्टवेरमा पनि कमजोरी पत्ता लगाउनेलाई पुरस्कार दिने कम्पनीले जनाएको छ ।

स्मरण रहोस्, एनएसओ ग्रुप नाम गरेको एक इजरायली निजी कम्पनीले विभिन्न देशका सरकारलाई ह्याकिंग प्रविधि र क्षमता बिक्रिगर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्