फर्सी खादा शरीरमा यस्ता फाइदा हुन्छन , जान्नुहाेस्


फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ ।यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ ।

१. फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ ।

२. फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ ।

३. फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ ।

४. यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

५. फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्छ ।

६. रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्छ । साथै यसको फल मात्र नभएर साग तथा दाना पनि खानमा उपयोगी हुन्छ ।

थप जानकारीः

यस्ता छन् फर्सीको मुन्टा खानुका फाइदै – फाइदा

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् ।

फर्सीको मुन्टा खानुका फाइदा

फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ ।

तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पुर्‍याउँछ ।

त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ ।

यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

त्यस्तै, छालाका सुन्दर बनाउँ पनि फर्सीको मुन्टा विशेष मान्छि । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ ।

भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पुर्‍याउँछ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

त्यतिमात्र नभएर फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरालाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन् । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाँचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो ।

यसकाे बारेमा पनी जान्नुहाेस्ः

उमालेर खानुहोस् यी तरकारी

नेपाली भान्सामा तरकारी उमालेर खाने चलन खासै छैन । तर, केही तरकारी यस्ता हुन्छन्, जसलाई उसिनेर वा उमालेर खाँदा अन्य अवस्थामा भन्दा दोब्बर तागतिलो र स्वादिष्टसमेत हुन्छ ।

पालुङ्गो, गाजर, तरुल र बन्दागोभीलगायत तरकारी उमालेर खाँदा स्वाद तथा पोषणको मात्रा धेरै बढ्छ । उमालेको÷उसिनेको तरकारी फ्राई गरेर पकाएको भन्दा बढी लाभदायक हुन्छ ।

यस्तो तरकारीको सेवनले मोटोपनामा पनि कमी आउने स्वास्थविद्हरू बताउँछन् । केही तरकारीलाई सलादको रूपमा पनि काँचो नै खान पनि सकिन्छ । उमालेर तथा सलादका रूपमा खान सकिने तरकारीबारे यहाँ जानकारी दिइएको छ ː

गाजर

गाजर भिटामिन ‘ए’को भरपूर स्रोत हो । यसको सेवनका लागि सादा पानीमा एक मुठ्ठी गाजर काटेर राख्नुहोस् । यसमा एक चिम्टी नून तथा थोरै मरिच मिसाउनुहोस् । त्यसपछि यसलाई उमालेर खानुहोस् । यसरी खानाले आँखालाई समेत राम्रो हुन्छ ।

सलगम

सलगम स्वास्थ्यवद्र्धक खाद्यवस्तु हो । यसको सेवनले रगतको कमी हुन दिँदैन भने महिला महिनावारी हुँदा पनि यसले राम्रो गर्छ । त्यसका लागि दैनिक एउटा सलगम उमालेर खानुपर्छ । तर, यसलाई ३ मिनेटभन्दा धेरै बेर उमाल्नु राम्रो हुँदैन ।

आलु

आलु प्रायः भान्सामा नछुट्ने तरकारी हो । तरकारीको स्वाद बढाउन आलु मिसाउने गरिन्छ । तर, यसलाई उसिनेर मात्र पनि खान सकिन्छ । भुटेको वा तारेकोभन्दा उसिनेको आलुमा पोषक तत्व बढी मात्रामा पाइन्छ ।

भटमास

भटमास प्रोटिनको राम्रो स्रोत हो । यसको लाभदायक सेवनका लागि पानीमा ६ मिनेट उमाल्नुहोस् । त्यसपछि यसमा एक चिम्टी नून र थोरै मरिच मिलाएर खान सकिन्छ । उमालेको भटमासले मधुमेहका रोगीलाई पनि फाइदा पुग्छ ।

पालुङ्गो

भिटामिन ‘ए’ बढी पाइने तरकारीमध्ये पालुङ्गो पनि हो । विज्ञहरूका अनुसार अनुसार हरियो पात भएको पालुङ्गो उमालेर खानाले यसको पोषक तत्व दोब्बर बढ्छ । पालुङ्गोलाई रायो, मेथीलगायतको सागमा मिसाउँदा स्वादिलो हुन्छ ।

मकै

मकै प्रायः भुटेर खाने गरिन्छ । तर, यसलाई उमालेर खानु नै बढी लाभदायी हुन्छ । यसलाई उमालेर पकाउन अन्य खाद्यान्नको तुलनामा बढी समय लाग्छ । यसमा कार्बोहाइड्रेट, चिल्लोलगायत पोषणका साथै रेशा हुन्छन्, जसले कब्जियत हटाउन मद्दत पुर्याउछ ।

सखरखण्ड

सखरखण्डमा धेरै स्टार्च (शक्तिवद्र्धक) तत्व पाइन्छ । यो जमीनमुनि फल्ने खाद्यवस्तु हो । यसलाई पोलेर पनि खान सकिन्छ । तर, उसिनेर खानु बढी लाभदायक हुन्छ ।

फूलगोभी

फूलगोभी सबैजसोलाई मन पर्ने तरकारी हो । यसलाई धेरैले तारेर नै खाने गर्छन् । तर, यस्तो गर्नाले यसमा रहेको न्युट्रियस तथा भिटामिन नष्ट हुन्छ । त्यसैले, यसलाई बफाएर खानु सबैभन्दा राम्रो तरीका हो ।

बन्दागोभी

बन्दागोभी धेरैले रुचाएको पाइँदैन । तर, यसमा धेरै पोषक तत्व हुन्छ भन्ने कतिपयलाई थाहा नहुन सक्छ । झन् यसलाई उमालेर खानाले स्वाद र लाभदायक तत्व बढ्छ । यसलाई उमाल्न प्रयोग गरिएको पानी सेवन गर्नाले पनि स्वास्थ्यलाई राम्रो हुन्छ । किनकि, त्यसमा धेरै पोषण पाइन्छ ।

ब्रोकाउली

ब्रोकाउली उमालेर खानु अति लाभदायक मानिन्छ । उसिनेको ब्रोकाउलीले ग्याष्ट्रिकका रोगीलाई फाइदा पुग्छ । यसलाई उमाल्ने बेला थोरै जैतुल तेल मिसाउनाले स्वादिष्ट बन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रतिकृया दिनुहोस्