रविको मु*द्दामा एकै दिनमा उच्च अदा*लतले दियो यस्तो आ*देश


 

हेडौंडा। चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले जिल्ला अदा*लत चितवनको फैसलावि*रुद्ध गरेको उच्च अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनको हेटौडा इज*लासले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको सबै प्रतिवेदन मगाउन आदेश जारी गरेको हो।

पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणको मु*द्दामा चितवन जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेर रविले उच्च अदालतमा त्यो आदेश खारेज गर्न माग गर्दै मंगलबार मुद्दा दायर गरेका थिए । सोही रिटमा पाटन उच्च अदालतको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको हो । रविले सहकर्मी युवराज कँडेलसहित मंगलबार दायर गरेको रिट निवेदनमा आजै सुनुवाई गर्दै उच्च अदालतको हेटौंडा इजलाशले यस्तो आदेश जारी गरेको हो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको इजलाशले शालिकराम पुडासैनी प्रकरण मुद्दाको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको प्रवक्ता अमृत घिमिरेले जानकारी दिए ।

यस्तै, चितवन जिल्ला अदालतबाट सक्कल मिसिलसहितको प्रतिवेदन प्राप्त भएपछि पेशीको सूचना उच्च अदालत पाटको हेटौंडा इजलाशलाई दिइ पेश गर्न पनि आदेशमा भनिएको छ । पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणका प्रतिवादी लामिछाने र कँडेलको हकमा जिल्ला अदालत चितवनले क्रमश ५ लाख ३ लाख धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न थुनछेक आदेश जारी गरेको थियो ।

रवि र युवराजको हकमा मुद्दासँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम प्रसारण गर्न नपाइने र सार्वजनिक ठाउँमा त्यसबारे टिप्पणी गर्न नपाइने जिल्ला अदालतको शर्त थियो । जिल्ला अदालतको उक्त आदेश बेरितको भएको भन्दै रवि र कँडेलले मंगलबार उच्च अदालत पाटको हेटौंडा इजलाशमा पुनरावलोकन निवेदन दिएका थिए । उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।

प्रकाशित भएको : September 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु