होन्डाको १ लाख ५५ हजारदेखि ३१ लाख ५० हजारसम्मका बाइक नेपालमा (सबैको मूल्यसूचि सहित)


 

काठमाडौं । होन्डाले नेपाली बजारमा विभिन्न मोडलका २६ भेरियन्टका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । नेपालको लागि होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले बजारमा १ लाख ५४ हजार ९०० रुपैयाँदेखि ३१ लाख ५० हजार रुपैयाँसम्मको मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

कम्पनीको सबैभन्दा सस्तो मूल्यको स्कुटर नेभी हो । जसलाई बजारमा १ लाख ५४ हजार ९०० रुपैयाँमा किन्न सकिने छ । यस्तै मोटरसाइकलमा सिडी ड्रिम डिलक्स सबैभन्दा कम मूल्यमा पाउन सकिन्छ । जसको बजारमा मूल्य १ लाख ७८ हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी होन्डाको चर्चित स्कुटर डियोलाई कम्पनीले दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । जसमा डियो एसटीडीको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ तोकिएको छ भने डियो डिएलएक्सको मूल्य २ लाख ३ हजार ९०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले आफ्नो १२५ सीसी क्षमताको चर्चित मोटरसाइकल साइनलाई बिभिन्न ४ भेरियन्टमा बिक्री गर्दै आउको छ । जसको मूल्य २ लाख १२ हजार ९०० देखि २ लाख ३३ हजार ९०० रुपैयाँसम्म तोकिएको छ ।

कम्पनीले होन्डा यूनिकर्न १६०, एक्स–व्लेड जस्ता मोटरसाइकल पनि बिक्री वितरण गर्दै आएको छ ।

होन्डाले चीनमा उतपादन भएको एड्भेन्चर बाइक एक्सआर १५० एल र एक्सआर १९० एलएच नेपाली बजारमा बिक्री गर्दै आएको छ । यसको अलावा कम्पनीले थाइल्याण्डमा बनेको सिएफआर २५० एलएएच र सिएफआर २५० आरएलएएच मोटरसाईकल बिक्री वितरण गर्दै आएको छ । यी दुबै मोटरसाइकलको मूल्य क्रमश ११ लाख २५ हजार र १३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले जापानमा उत्पादन भएको सिबी ४०० र सिबीआर ६०० मोटरसाइकलपनि नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ल्याएको सिबी ४०० को मूल्य २२ लाख ७५ हजार रुपैयाँ र सिबीआर ६०० को मूल्य ३१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यी बाहेक कम्पनीले होन्डा हर्नेट, होन्डा एभिएटर, होन्डा एक्टीभा र होन्डा ग्राजिया जस्ता उत्पादन बिक्री गर्दै आएको छ ।

यस्तो छ चाडपर्व अफर

नेपालीहरुलाई चाडपर्वले घेरिसकेको छ । त्यसमा पनि अटोमाबाइल व्यवसायमा लागेकाहरुलाई त एक महिना अघिदेखि नै चाडपर्वले घेरेको हो । नेपाली बजारमा यस्तै अवसर पारेर सवारीसाधन किन्ने ग्राहक धेरै पाइन्छ । त्यसको सुरुवात कम्पनीहरुले नाडा अटो शोबाट गरिसकेका छन् ।

यस्तोमा होन्डाले चाडपर्वलाई मध्यनजर गर्दै बाइक तथा स्कुटरको खरिदमा स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट र ४ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षसम्मको लागि सर्भिस कुपन दिने भएको छ । साथै, कम्पनीले ठूला बाइकमा भने ३० हजारसम्मको नगद छुट दिने जनाएको छ ।

यसरी बाइक किन्नेहरु मध्यबाट हरेक हप्ता लक्की ड्र मार्फत १० लाखसम्मको नगद पुररुकार र २०० जनालाई १० लाखसम्मको दुर्घटना बीमा र २ जनालाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रकाशित भएको : September 5th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु