ह्या’करहरुले नेपाली कार्ड प्रयोग गरेर भारतबाट एक करोड रुपैयाँ झिकेको पुष्टि, अध्ययन समितिले दियो यस्तो सुझाव


 

काठमाण्डौ – ह्या’करहरुले नेपालका नेप्स प्रणालीमा आबद्ध ७ वटा बैंकको कार्ड प्रयोग गरेर नेपाल र भारतबाट गरी ३ करोड ५८ लाख रुपैयाँ रकम झिकेको पाइएको छ ।

गएको शुक्रबार नेपालका विभिन्न एटीएमबाट चिनियाँ ह्या’करको टोलीले जथाभावी पैसा झिकेपछि राष्ट्र बैंकले बनाएको छानबिन टोलीले नेपाल र भारतबाट ह्या’करले पैसा झिकेको निष्कर्ष निकालेको छ ।

छानबिन टोलीको प्रतिवेदनअनुसार ह्या’करले नेप्समा आवद्ध ७ वटा बैंकका भिसा कार्ड क्लोन गरेर ३ करोड ५८ लाख रुपैयाँ पैसा झिकेका छन् । ह्या’करले नेपालबाट १७ बैंकका ६८ एटीएम कार्ड प्रयोग गरेर १ करोड ८९ लाख ४४ हजार रुपैयाँ झिकेका छन् भने भारतबाट नेपालका ६ वटा बैंकको १ करोड ५ लाख ८७ हजार रुपैयाँ झिकेका छन् ।

उनीहरुले भारतीय २४ बैंकका १ सय ३२ एटीएम प्रयोग गरेको पनि अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । ह्याकरले भिसा नेटवर्क र नेप्स स्विचको बीचको प्रणाली नियन्त्रणमा लिएको पनि अध्ययनले देखाएको छ ।

समितिले नेपालका एटीएमको सुरक्षाको लागि अल्पकालीन र दीर्घकालीन गरी सुझाव पनि दिएको छ।

राष्ट्र बैंकका अनुसार नेपाली बैंकहरुले प्रयोग गरेको नेपाल इलेक्टोनिक्स पेमेन्ट सर्भिस (नेप्स) र अमेरिकी एटिएम नेटवर्क भिसा प्रणालीको बीचमा ह्या’करहरुले ‘साइबर हम’ला’ गरी बैंकको नगद लुटपाट गरेका हुन् ।

पछिल्लो ह्या’किङबारे फरेन्सिक विज्ञहरुले अध्ययन गरिरहेकाले अध्ययन सकिएपछि मात्रै सम्पूर्ण विवरण सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् प्रतिवेदन

प्रकाशित भएको : September 5th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु