‘कुछ कुछ होता है’ को रिमेक बनेमा को को हुनेछन् कलाकार ? करण जोहरले गरे खुलासा


 

काठमाडौँ । कुनै फिल्मले यस्तो इतिहास बनाएको छ ,जुन फिल्म सम्झने बितिकै फरक अनुभूति हुन्छ । त्यसमध्ये १९९८ मा रिलीज भएको फिल्म ‘कुछ कुछ होता है’ पनि यस्तै छ । फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जीले मुख्य भूमिका निभाएका थिए । फिल्मको कहानी ३ साथीको प्रेममा आधारित रहेको छ ।

त्यसैले यसको रिमेकलाई लिएर पछिल्लो समय निकै चर्चा चलिरहेको छ । अहिले यो फिल्म रिलिज भएको २१ वर्ष सम्म पनि यसको रिमेक बनेको छैन् । तर मेलबर्नमा आयोजित इंडियन फिल्म फेस्टिवलमा पुगेका करण जौहरलाई यसको रिमेको बारेमा एउटा कुरा खुलासा गरेका छन् ।यदि फिल्म बन्यो भने रणवीर सिंह, आलिया भट्ट र जाह्नवी कपूरलाई क्रमश शाहरुख खान, काजोल र रानी मुखर्जी भूमिकामा राख्ने बताएका छन् । किनभने उनीहरुको भएको क्षमता अहिलेको यी ३ कलाकारमा पनि भएको करणले बताए ।

प्रकाशित भएको : September 5th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु