दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान गएपछि, काबुलका नेपाली भन्छन्–‘सरकार, हामीलाई बचाऊ’


 

दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको ता लिवानी आ तंकवादीको आक्र मणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् । सोमबारको आ क्र मणमा १२ सर्वसाधारणसमेत मा रिएपछि क्याम्पकै कारण ता लिवानले आ क्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफो डसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जनलाइदिएका हुन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली थप चिन्तित छन् । सरकारलाई उनीहरुले जसरी भएपनि फिर्ता गर्न अनुरोध गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपाने र देवेन्द्र भट्टराईले लेखेका छन् ।

भयावह डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा

डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ । सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो ।

काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।

काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ । २०७०÷७१ मा ३०२ जना, २०७१÷७२ मा १३४ जना, २०७२÷७३ मा १ हजार ५२७ जना, २०७३÷७४ मा २ हजार १११ जना, २०७४÷७५ मा ८११ जना, २०७५÷७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ६० दिनमा २ हजार ९०८ जना यसबाट प्रभावित भइसकेका छन् ।

डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रकाशित भएको : September 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु