
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । समितिको बुधबार बसेको बैठकले बुलबुललाई सिफारिस गरेको हो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । समितिले तोकेको मितिमा बुलबुल मात्र सहभागी भएको थियो ।
बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । स्वस्तिमा खड्का र मुकुन भुसाल अभिनीत यो चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् ।
र यो पनि पढ्नुहोस्
पंहेलो लुगामा कति राम्री देखिएकी स्वस्तिमा । हेर्नुहोस ७ तस्विर
नायिका स्वस्तिमा खड्कालाई हिजोआज ‘बोल्यो कि पोल्यो’को अवस्था छ । उनले बोलेका कुराहरु विवादित बन्दा त्यसले विवाद उत्पन्न भएको छ । केही समय अगाडि नायिका ऋचा शर्माले ‘छक्का पन्जा’मा महिलालाई पिट्ने कुरा गर्दा आफूलाई अचम्म लागेको भन्दै एक कार्यक्रममा भन्दा स्वस्तिमाले उनलाई लक्षित गर्दै लेखेको एउटा स्टाटस हटाएकी थिइन् । त्यो समयमा चलचित्र ‘छक्का पन्जा’को सिंगो टिमले नै स्टाटस लेखेर विवादमा परेको थियो ।
उनै स्वस्तिमाले शुक्रबार आयोजना भएको चलचित्र ‘हजार जुनी सम्म’को कार्यक्रममा २० लाख लिने कलाकारले ५० लाख उठाउन सक्नुपर्ने, नत्र निर्माताले ५ लाख पनि नपाउँदा मज्जा नआउने भन्दै बयान दिएपछि उनी विवादमा फसेकी छिन् ।
धेरैले, उनको यो भनाई नायिका पूजा शर्मा लक्षित थियो भनेर वुझेपनि उनले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन् । स्वस्तिमाप्रति पूजाका फ्यानको आक्रोश अझै कम भएको छैन ।
हुनत, चलचित्र क्षेत्रमा कलाकारले दिने अभिव्यक्ति विवादमा आउनु नयाँ कुरा होइन । तर, स्वस्तिमाका केही अन्र्तवार्तामा उनले दिएका भनाइलाई लिएर चलचित्र क्षेत्रका केही नाम चलेकै नायिकाहरु पनि उनीसँग असन्तुष्ट रहेको वुझिएको छ । स्वस्तिमा कडा त बोल्छिन्, तर उनको बोली उनका लागि पछि भारी पर्ने गरेको छ ।
थप तस्विरहरु हेर्नुहोस्
प्रतिकृया दिनुहोस्