नेपाली सेनाको ट्रकले ठ*क्कर दिँदा त्रिपुरेश्वरमा मोटरसाइकल चालकको मृ*त्यु


 

काठमाडौं । बिहीबार साँझ त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृ*त्यु भएको छ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक लेख बहादुर पुनको मृ*त्य भएको हो ।

अर्घाखाँची घर भएका अन्दाजी २६ वर्षीय पुनको उपचारको क्रममा ट्र*मा सेन्टरमा मृ*त्यु भएको हो । पुन सांगीतिक क्षेत्रमा आबद्व रहेको पाइएको छ ।

प्रहरीका अनुसार ट्रक चालक जीवन अधिकारी हुन् । ट्रक र चालक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित भएको : September 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु