जंगलमा भेटियो दुई टाउको ४ आँखा भएको सर्प, देख्नेबित्तिकै होस उडेपछि…


 

एजेन्सी । अमेरिकाको न्यूजर्सीमा पर्यावरण सल्लाहकारले दुई मुख भएको सर्प भेटेका छन् । मिडिया रिपोर्ट अनुसार यो सर्पलाई दुई व्यक्तिले समातेका थिए, जो बर्लिङ्टनमा हर्पेटोलजिकल एसोसिएट्सको काम गर्दछन् ।

अहिले उक्त सर्पको नाम राखिएको छ, डेव नाम गरेका व्यक्तिले सर्पलाई समातेका थिए भने त्यसकारण सर्पको नाम ‘डबल डेव’ राखिएको छ । यो सर्प हेर्दा अचम्मको रहेको छ । यस सर्पको दुई टाउको छ भने ४ आँखा रहेको छ तर शरीर भने एक रहेको छ ।

सुरुमा सर्पलाई देख्दा पर्यावरण सल्लाहकार डेव शेन्डलर अचम्मित भएका थिए । उनलाई डर पनि लागेको थियो । यसका साथै उनले सर्पका लागि जंगलमा बाँच्न कठिन रहेको पनि बताएका छन् । उनका अनुसार दुई टाउको भएको कारणले उक्त सर्प एकदमै ढिलो हिँड्ने गर्छ ।

प्रकाशित भएको : September 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु