
2 years ago
मकवानपुर – मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घ*टना हुँदा तीन जनाको मृ*त्यु भएको छ । आठ जना घा*इते भएका छन् ।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले सर्लाहीबाट काठमाडौं जादै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर ६ चियानडाँडाँमा दुर्घ*टना भएको जानकारी दिए ।
उनका अनुसार दुर्घट*नामा घा*इते भएका ११ मध्ये तीन जनाको मृ*त्यु भएको हो । एक जनाको घट्ना*स्थलमै र २ जनाको उपचा*रका क्रममा मृ*त्यु भएको सिंहले जानकारी दिए । अन्य घाइ*तेहरुको सामान्य उपचारपछि डिस्चार्ज भएको पनि उनले जानकारी दिए ।
दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृ*त्यु भएको हो ।
प्रकाशित भएको : September 6th, 2019
प्रतिकृया दिनुहोस्