मोटरसाइकल दाइजो नपाएको भन्दै श्रीमतीको ह*त्या, श्रीमान र ससुरा समा*तिए


 

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका, ७ अकोलवामा २५ वर्षीया सन्जु देवीको ह*त्या भएको छ ।

मृ*तक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै दैनिकजसो कु*टपिट गर्ने उल्लेख छ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ । बिहीबार दिउँसो सन्जुको मृ*त्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँ*टीमा डाम देखिएकाले यो ह*त्या नै भएको पाइएको उनले दाबी गरे ।
जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मान*सिक र शारी*रिक यातना दिने गरेको उनले बताए ।

केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई या*तना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृत*कको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना शंका*स्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : September 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु